Successfully Copied

सूर्तीजन्य पदार्थ र महिला    

नेपालका २९ प्रतिशत महिलाले धूमपान गर्दछन् । १५ प्रतिशत सहरी क्षेत्रका गर्भवती महिलाले पनि धूमपान गरेको अध्ययनमा पाइएको छ । ७० प्रतिशत भन्दा बढी महिला कुनै न कुनै रुपमा सूर्तीजन्य पदार्थको सेवन गर्ने गरेको संलग्न हजारौं स्वास्थ्य शिविरमा मुख परीक्षण गर्दा पत्ता लागेको

धूमपान तथा सूर्तीजन्य पदार्थले उत्पन्न गरेका समस्याको समाधानमा सहयोग पु¥याउन, सुर्तीसेवनबाट उत्पन्न जटिलता, सुर्ती एवं चुरोट उत्पादक कम्पनीहरूको व्यापारिक नीति तथा सूर्ती मन्दविष र कडा लागूपदार्थको प्रवेशद्वार भएको आमनागरिकलाई जानकारी गराई सुर्तीसेवन निरुत्साहित गर्न विश्व स्वास्थ्य संगठनद्वारा हरेक वर्ष मे ३१ मा विश्व धूमपानरहित दिवस मनाइन्छ । हरेक वर्ष विभिन्न समसामयिक नारा तय गरी यो दिवस मनाईन्छ ।

यस वर्ष सूर्तीजन्य उद्योगहरुले गर्ने छलकपटपूर्ण प्रवद्र्धनबाट युवालाई बचाऔं र उनीहरुलाई धूमपान तथा निकोटिनबाट हुने असरहरुको रोकथाम गरौं भन्ने मूल नाराका साथ विश्वभर यो दिवस मनाइँदै आइएको छ । सूर्तीजन्य उद्योगले विज्ञापनमा ८० अर्ब बढी अमेरिकन डलर खर्चिरहेका र सूर्तीजन्य पदार्थकै कारण विश्वमा प्रत्यक्ष ७० लाख र निस्क्रियबाट १२ लाख गरी ८२ लाख वार्षिक मृत्यु भइरहेको छ । नेपालमा वार्षिक २७ हजारको मृत्यृ र हरेक ३ मा १ नेपाली अम्मली भएको आंकडा छ ।

  

भयानक स्थिति 

नयाँ पिढीको जीवनशैलीमा आएका कतिपय खुला र परिवर्तित व्यवहारका कारण धेरै युवतीको प्रिय  बनेको छ, चुरोट संस्कृति । यस्ता महिला अम्मलीको संख्या दिन बढ्दै गएको छ । शुरुमा फेसन, मनोरञ्जन, पहिलो अनुभवका लागि साथीहरुको लहैलहमा लागेर सुरु गरेको धूमपान पछि लतका रुपमा विकसित भएको छ । यति मात्र नभइ बिरामी, पीडा, विभिन्न किसिमका रोगको खाडलतिर घचेटिरहेको र फजुलमा पैसा खर्च भइरहेको छ । 

     

नेपालका २९ प्रतिशत महिलाले धूमपान गर्दछन् । १५ प्रतिशत सहरी क्षेत्रका गर्भवती महिलाले पनि धूमपान गरेको अध्ययनमा पाइएको छ । ७० प्रतिशत भन्दा बढी महिला कुनै न कुनै रुपमा सूर्तीजन्य पदार्थको सेवन गर्ने गरेको संलग्न हजारौं स्वास्थ्य शिविरमा मुख परीक्षण गर्दा पत्ता लागेको छ । साथीका कारण ५३ आफन्तको सिको गरेर १९ उत्सुकताले ८ लोग्नेको हौसलाले २ इच्छा लागेर ८ प्रतिशतले धूमपान गर्ने गरेको पाइन्छ । 

  कोभिड १९ संक्रमण  

कोभिड १९ को संक्रमण र जटिलता धूमपान गर्नेमा बढी देखिएका छन् । सूर्तीजन्य पदार्थले धेरै  नसर्ने रोगहरु उत्पन्न गर्ने, प्रतिरोधात्मक क्षमता कमजोर बनाउने, स्वासनली र फोक्सो पहिले नै क्षति पु¥याउने भएकाले कोभिड १९ संक्रमण हुने, सर्ने, गम्भिर बन्ने, जटिलता देखिने तथा मृत्यु हुने अम्मलीमा बढी हुन्छ ।

 

महिला स्वास्थ्य

धूमपान नगर्ने महिलाको भन्दा गर्ने महिलाको मासिक चक्र बढी गढबढ हुने, रिस डाह धेरै गर्ने प्रवृत्ति, क्षणमै हतास हुने, तनावमा डुब्ने र कुनै–कुनै बेलामा अरुभन्दा बढी असुरक्षित महसुस गर्ने हुन्छन् । महिलाको जीवरस निर्माण गर्ने ग्रन्थीहरुमा नकारात्मक प्रभाव पारी यौन समस्या र बाँझोपना भई आमा बन्न नसक्ने समेत हुन सक्छ ।  

    

गर्भवती महिलाका लागि धूमपानले विषको भन्दा बढी काम गरेको पाइन्छ । गर्भावस्थामा धूमपान गर्नाले शिशुमा मष्तिष्क ज्वरोलगायत ५० थरीका रोग लाग्ने, विभिन्न खतरा उत्पन्न हुने संभावना हुन्छ । गर्भभित्रै शिशुको सुकेनास लागि मृत्यु हुने, अचानक मृत्यु, गर्भपात, कम समयमै शिशु जन्मने, कम तौल भएका शिशु जन्मने, शिशुको शारीरिक र मानसिक विकास अवरुद्ध हुन सक्ने, गर्भस्थ शिशु तथा जन्मेका बच्चालाई विभिन्न रोग लाग्ने संभावना र खतरा रहन्छ । 

सन् २००५ मा काठमाडांै र ललितपुरमा गरिएको सर्वेक्षणमा धूमपान गर्ने आमाबाट जन्मिएका ६१.५ प्रतिशत शिशु कम तौलका जन्मेका थिए । महिलाको दूधमा निकोटिनको मात्रा रहने हुँदा शिशु स्वस्थ नहुने, झगडा मात्र गरिरहने स्वभावका हुन्छन् । धुवाँले वरपरको वातावरण प्रदूषित भई सँगै रहने बालबालिका, वृद्ध वृद्धालाई पनि असर पार्दछ । 

    

धूमपानले महिलाको सौन्दर्यमा असर पार्छ । मुख गन्ध आउने, दाँतमा कालो दाग रहने, दन्त लेउ र पत्थर बढाउने, दन्त सड्न, गिँजासम्बन्धी रोगहरु, गिँजाबाट रगत आउनेलगायत समस्या हुन्छ । विशेष गरी आँखा वरिपरि र गालामा चाउरीपन देखिन्छ । महिलाले प्रतिदिन १० खिल्ली चुरोट ५० वर्षसम्म सेवन गरेमा ५ गुणा बढी चाउरी परेको पाइएको छ । यसैगरी रांै र कपाललाई नकारात्मक असर पारी सुख्खा, छोटो, नराम्रो बनाउँछ । रक्तसञ्चारबाट अक्सिजन छालामा घटाउँछ । नङ पहेंलो वा खैरो हुने, हातका औंला बेरुपी बनाउँछ । चुरोट, सुर्ती खाने महिलाको आर्थिक अवस्था कमजोर हुने, स्वास्थ्य कमजोर हुने तथा सामाजिक रुपले तिरस्कृत हुन सक्छन् । 

  

समग्रमा, घरमा महिलाको स्वास्थ्य स्थिति सवल रहँदा परिवारको घरायसी वातावरण समुन्नत बन्दछ नै । यसले सामाजिक तथा आर्थिक क्रियाकलापका पक्षमा समेत सकारात्मक संकेत प्रदर्शन हुन्छ । कडा नियम कानुन तर्जुमा र तिनका कडाईका साथ लागू गर्न गराउन र सूर्तीजन्य पदार्थको नियन्त्रणमा सम्पूर्ण नागरिक लाग्नैपर्छ ।

(स्वास्थ्य सेवा विभागमा कार्यरत बरिष्ठ कन्सल्टयाण्ट डेण्टल सर्जन डा. बुढाथोकी  नेपाल चिकित्सक  संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।)

 

 Image