Successfully Copied

सेफ विमलाका लकडाउन परिकार

अहिले लकडाउनका कारण घरमै रहेकी विमला घरमा भएका सामग्रीहरुवाट विभिन्न परिकारहरु बनाउनमा ब्यस्त छिन् । खाना बनाउने पनि एउटा कला हो, कसरी मिठो र आकर्षक बनाउने त्यसको लागि मेहनत, इच्छाशक्ति र धैर्यको आवश्यकता हुने बताइन् ।

सन् २०१८ मा सेफ विमला मगरले सगरमाथा आरोहण गरेकी थिइन् । त्यतिबेला एभरेस्ट बेस क्याम्पभन्दा माथि आइल्यान्ड पिकमा विमलाको टिमले पप रेस्टुरेन्ट सेट गरी अतिथिहरूलाई खाना ख्वाएको थियो । त्यहाँ विमलाले सिस्नुका परिकार, लालीगुराँसका डेजर्ट आदि तयार पारेकी थिइन् । त्यहाँबाट उठेको पैसा उतै सहयोग गरेर फर्किएकी विमला र उनको टिम अहिले गिनेज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएको छ ।

विमलाले सन् २०१४ मा दुबईबाट कुलनरी आर्टमा डिप्लोमा गरेपछि संसारकै पहिलो लक्जरी बीच क्लब निकीमा काम गर्न पुगेकी थिइन् । देशमै काम गर्छु भनेर त्यहाँबाट स्वदेश फर्किएकी विमला अहिले काठमाडौं म्यारिट नक्सालमा कार्यरत छिन् । यस अघि उनी फेयर फिल्ड म्यारिट होटल र भिभान्टमा सेफका रुपमा कार्यरत थिइन् ।

अहिले लकडाउनका कारण घरमै रहेकी विमला घरमा भएका सामग्रीहरुवाट विभिन्न परिकारहरु बनाउनमा ब्यस्त छिन् । खाना बनाउने पनि एउटा कला हो, कसरी मिठो र आकर्षक बनाउने त्यसको लागि मेहनत, इच्छाशक्ति र धैर्यको आवश्यकता हुने बताइन् । यसै लकडाउनमा उनले दुईवटा हेल्दी र फरक खाना बनाएकी छिन् । चुकन्दर र आँटाको मम : र क्रिमी अण्डा करी ।

चुकन्दर मम:

आवश्यक सामग्री : आटा ५ सय ग्राम, चुकन्दरको पेस्ट ५० ग्राम, पानी २ सय मिलि, चिकेन थाइको भाग ५ सय ग्राम, ( बन्दा, धनियाँ र हरियो प्याज २ सय ग्राम), तोरी वा तीलको तेल १० मिलि ।

बनाउने विधी : चुकन्दरलाई उसिनेर काटेर मिक्सरमा फाइन पेष्ट गर्ने । सो पेष्टलाई आटामा पानी राख्दै नरम हुने गरि मुछ्ने । १ घण्टा जति मुछिएको पीठोलाई मलमल कपडाले छोपेर राख्ने । किमाको लागि चिकेनको थाइको भागलाई किमा बनाइ धनियाँ, बन्दा, हरियो प्याज मसिनो गरि काटेर तोरी वा तीलको तेल र नून हालेर मिक्स गर्ने । त्यस पछि तयार राखिएको डो बेल्दै किमा हाल्दै विभिन्न डिजाइनमा मम: बनाइ स्टिम गर्ने । यो हेल्दी मम: हो । यसमा भेजिटेबल, बफ, मटन, पोर्कको किमा हालेर पनि बनाउन सकिन्छ । चुकन्दरले गर्दा यो मम : निकै नै स्वस्थकर र मिठो समेत हुन्छ ।

क्रिमी एग करी

आवश्यक सामग्री : अण्डा ६ वटा, प्याज २ वटा, गोलभेडा ४ वटा, अदुवा र लसुनको पेस्ट १ चम्चा, धनियाँ र जिराको गेडा १ चम्चा, क्रीम १ सय मिलि, ल्वांंग र सुकमेल ४–४ वटा , गरम मसला डेढ चम्चा, धूलो खुर्सानी १ चम्चा, नून स्वाद अनुसार, धनियाँ पत्ता र हरियो प्याज १० ग्राम ।

बनाउने विधी : अण्डालाई उसिन्नेर बोक्रा छोडाइ राख्ने । प्यानमा तेल तताएर धनियाँ, जीराको गेडा, ल्वांग, सुकमेल भुट्ने । लसुन र अदुवाको पेस्ट बनाउने, प्याज मसिनो गरि काटेर फ्राइ गर्ने र खैरो भए पछि  गोलभेडा वा गोलभेडाको प्यूरी हालेर मज्जाले पकाउने । विस्तारै सबै मरमसाहरु हालेर पकाएर राम्रो पेस्ट तयार गर्ने । उसिन्नेको अण्डाहरुलाई छुटै फ्राइ गरेर तयारी भएको ग्रेभीमा हाल्ने ।

फिनिसिंगमा धनियाँ, हरियो प्याज हालेर एकछिन पकाउने । पकाएको सामग्रीमा क्रिम हालेर ड्रेसिङ्ग गर्ने । यो भात, चिउरा, चाउचाउसंग पनि खान सकिन्छ ।   

 Image