Successfully Copied

बुर्का र घुघंटले नछेक्ने कोरोना

आज बुर्का र घुघंट लगाउने महिलाहरुलाई रुघाखोकी र चिसोले हुने रोगहरू लागेनन् ? यि तथ्यबाट के प्रमाणित हुन्छ भने त्यस्ता भ्रामक समाचार फैलाउनेहरुले महिलालाई अझ पुरातन परम्परामै राख्न चाहेका हुन् । भाइरस र सरुवा रोगको संक्रमणलाई बुर्का र घुघंटले कदापी रोक्न सक्दैन ।

‘कोरोना भाइरसबाट बच्न महिलाहरूले दिमागको प्रयोग गर्नुपर्छ न कि अनुहार छोपेरै जितिन्छ ।’ सामाजिक सञ्जालमा नोबल कोरोना भाइरसका बारेमा मुस्लिम समुदायको बसोबास हुने धेरै देशहरुमा यस्ता पोष्टहरू सार्वजनिक भए । यस्तै किसिमका अन्य थुप्रै पोष्टहरु पनि देख्न सकिन्छ जसमा भनिएको छ– घुम्टो र बुर्का एक प्रकारको एन्टीभाइरस मास्क थिए तिनले मानिसलाई स्वस्थ राख्न ठुलो सहयोग गर्थे । 

त्यसोभए के बुर्का (हिजाब), पर्दा (घुंघट) र मास्क एउटै चीज हुन ?

यसको उत्तर सरल छैन् । विशेष मास्क वैज्ञानिक तरीकाले बनाइन्छ । तिनीहरूमा धेरै तह र तत्वहरू छन् । जसका कारण भाइरस र ब्याक्टेरियाहरू मुख र नाकसम्म सजिलै पुग्न सक्दैनन् । यसको सट्टा हिजाब र घुंघट कपडाको एक सानो र एकतहको टुक्रा हो जसले धुलो र सूर्यको किरणबाट मात्रै बचाउंछ । यसले भाइरस र ब्याक्टेरियालाई रोक्न सक्दैन ।

बजारमा धेरै किसिमका मास्कहरू भएतापनि मुख्यत दुई प्रकारका मास्कहरू अधिक प्रयोगमा छन् । एउटा सर्जिकल मास्क र अर्को एन ९५ मास्क ।  एफडीए (खाद्य र औषधि प्रशासन, जुन अमेरीकाको मुख्य निकाय जसले औषधि र मेडिकल आईटमहरू नियमन गर्दछ ) का अनुसार सर्जिकल मास्कले धेरै साना कण, जीवाणुहरू र संक्रमणका कारक जिवाणुहरूलाई रोक्न सक्दैन । यसले ठूला कणहरुलाई मात्र रोक्न सक्छ । साथै सर्जिकल मास्क अनुहारमा पूर्ण रूपले फिट पनि हुदैनन् ।

यसैगरी एन ९५ मास्कले हावामा रहेका थोरै प्रतिशत फोहोर कणहरूलाई फिल्टर गर्दछ । यदि राम्रोसँग प्रयोग गरिएको छ भने पुर्ण सुरक्षा समेत दिन्छ । तर यसले बालबालिका र दाह्री पालेका व्यक्तिका लागि पूर्ण रूपमा काम गर्दैन । तसर्थ, तिनीहरूको लागि छुट्टै प्रकारका विभिन्न मास्कहरू आउने गरेका छन् । जस्तो एन ३५०, डेटोल सिटी सिल्ड प्रोटेक्ट, भोग मास्क एन ९९, आइडीमास्क २, एप्लस २२० भिएल, भि ४१० भि आदी ।

महत्वपूर्ण कुरा

यदि त्यस्ता ट्वीट, पोष्ट वा सन्देशहरूले अल्मल्याइरहेका छन् भने निश्चित रूपमा तिनीहरूमाथि प्रश्नहरू खडा गर्नुपर्ने हुन्छ । हरेकले आफ्नो धर्म, परम्परा र संस्कृतिलाई माया गर्छ तर यो होइन कि धर्मका नाममा गलत प्रचारबाजी गर्न समेत छुट छ । 

१. मुस्लिम महिलाले लगाउने बुर्काकै सवालमा त्यसो भनिएको हो भने के धर्मले महिलालाई सुरक्षा प्रदान गरेको हो त ? ति महिला हिजाब र घुंघंट लगाएमा महिला महामारीको रुपमा फैलिएको कोरोभा भाइसर बिरुद्ध लड्न जालान् ? बर्का र घुघंटको प्रचलन आउदा केवल पुरुषहरू मात्र कामका लागी घर बाहिर जान्थे । झन् उनीहरुमा रोग सर्ने र सार्ने बढी सम्भावना थियो ।

२. धर्म परम्पराले हामीलाई सफा रहन सिकाउंछ । तर धर्म र विभिन्न परम्पराकै कारण सधैं महिलाले मात्र अनुहार ढाकेर बोझ वहन गरिरहनु पर्ने ?  

३. महामारी फैलिएको इतिहासलाई हेर्ने हो भने बुर्का र घुघंट लगाउनु भन्दा भन्दा अगाडीको हो । त्यो बेला पनि महिलाहरुले आफुलाई बुर्का र घुघंट लगाएरै सुरक्षित गरे त ? 

४. आज बुर्का र घुघंट लगाउने महिलाहरुलाई रुघाखोकी र चिसोले हुने रोगहरू लागेनन् ?

यि तथ्यबाट के प्रमाणित हुन्छ भने त्यस्ता भ्रामक समाचार फैलाउनेहरुले महिलालाई अझ पुरातन परम्परामै राख्न चाहेका हुन् । भाइरस र सरुवा रोगको संक्रमणलाई बुर्का र घुघंटले कदापी रोक्न सक्दैन । यो कुरालाई पछिल्लो पटक विज्ञानले प्रमाणित समेत गरिरहेको छ ।

नेपालमै बसोबास गर्ने मुस्लिम र तराइ मुलका महिलाहरु अहिलेसम्म पनि बुर्का (हिजाब) र पर्दा (घुघंट) नलगाई बाहिर निस्किन सकेका छैनन् । नेपालमा पनि यस्तो किसिमको सोच राख्ने र यसैमा बिश्वास गर्ने मानिसहरुको कमी छैन् । धर्म, रितीरिवाज र परम्पराका नामममा धेरै अन्धभक्तले यस्तै किसिमको अवाज उठाइरहेका छन् । यसले महिलालाई महामारीवाट रोक्ने अस्त्र हो भनेर हल्ला गरी महिलालाई स्वतन्त्रहुनबाट वञ्चित गर्न खोजिएको अधिकारकर्मीहरु बताउंछन् । 

सप्तरीकी इना खान भन्छिन्, बुर्का महिलाका लागि बन्धनमा राख्ने गहना मात्रै हो यो कुनै सुरक्षा र स्वास्थ्यका हिसावले बनाइएको होइन् ।

नेपालगञ्जकी जुवेदाका अनुसार यो महिलाको सुन्दरता ढाक्ने वस्तु मात्रै हो, अरु पुरुषहरुको आँखा महिलामा नजाओस भन्ने उद्धेश्यले महिलाका लागी बुर्का लगाउन अनिवार्य गरिएको मात्र हो । यसले हैजा, महामारी, कुनै संक्रमण गर्ने रोगका किटाणु छेक्दैन, मात्र महिलाको सुन्दरता र अनुहार मात्र छेक्छ ।

मुस्लिम र मधेसी मुलका महिला मात्र अहिलेको कोरोना महामारीबाट सुरक्षित छन् भन्नु तर्कहिन भएको बताउंदै अधिकारकर्मी सलोनी प्रधान भन्छिन्, धर्मका नाममा महिलामाथिको बन्धनलाई यहाँ ल्याएर जोड्नु औचित्यहिन ठहर्छ । यस्ता तर्क व्यर्थ छन् । 

 Image