Successfully Copied

केटाकेटीका निम्ति युट्यूबमा वर्णमालापछि अब स्वरमाला

सामाजिक सञ्जाल युट्यूबमा बालबालिकाका निम्ति उपयोगी सामग्रीहरु थुप्रै भेटिन्छन् । नेपाली भाषा सिक्नका लागि सहज होस् भन्ने उद्देश्यले नेपालयकासँगको सहकार्यमा गीतकार तथा संगीतकार आभाषले वर्णमाला र स्वरमाला तयार पारेका छन् ।

सामाजिक सञ्जाल युट्यूबमा बालबालिकाका निम्ति उपयोगी सामग्रीहरु थुप्रै भेटिन्छन् । नेपाली भाषा सिक्नका लागि सहज होस् भन्ने उद्देश्यले नेपालयकासँगको सहकार्यमा गीतकार तथा संगीतकार आभाषले वर्णमाला र स्वरमाला तयार पारेका छन् ।  बालबालिकाहरूलाई लयात्मक पारामा नेपाली भाषा सिक्न सजिलो होस् भनेर उक्त सामग्री तयार पारिएको आभाष बताउँछन् । ती रचना सुन्न हेर्नका निम्ति छुट्टै च्यानलको संचालन पनि भइसकेको छ ।

नेपाली भाषा सिक्न चाहने संसारभरका नेपाली बालबालिकालाई केन्द्रमा राखेर युट्यूबमा ‘नेपाली बाल रचना’ https://www=youtube=com/balrachana नामको च्यानल पनि केही महिना पहिल्यै संचालनमा आएको हो । गएको तिहारमा नेपालयले सोही च्यानलमार्फत् बालबालिकाका निम्ति उपहार स्वरुप वर्णमाला (व्यन्जन) सार्वजनिक गरेको थियो ।

अब सोही च्यानलबाट स्वरमाला अथवा अ, आ, इ, ईलाई आधार बनाएर बनेको गीति कार्टुन सार्वजनिक हुने भएको छ । स्वरमालालाई रोचक बनाउनका निम्ति रचनाकार आभासले ‘अक्कलमान’ नामको चरित्र निर्माण गरेका छन् ।

‘अबाट उठ्छ नाम, अक्कलमान हुँ म, अग्लो पर्खाल चढेर, अम्बा टिप्छु म’ स्वरहरूलाई चिनाउनका निम्ति हरेक स्वर–अक्षरलाई आभासले यसैगरि चार हरफका गीतमा उनेका छन् । कार्टुन चित्रसहित हेर्न, सुन्न सकिने यो गीतले बालबालिकालाई मनोरञ्जन दिनुका साथै अक्षर र शब्द ज्ञान बढाउन पनि मद्दत पुर्‍याउने छ ।

‘बालबालिकाहरू प्राकृतिक र रिदमिक हुन्छन्, त्यसैले उनीहरूलाई भाका र तालले छिट्टै आकर्षित गर्छन् र सजिलै नयाँ कुरा सिक्छन् । त्यही महसुस गरेर मैले शैक्षिक कुरामा पनि धुन भरेको हुँ । यो संसारभरि सफल भएको सिकाउने उत्तम शैली पनि हो । हाम्रो भाषामा यस्ता रचनाहरू अझ धेरै सृजना गर्नु जरुरी छ ।’ सर्जक आभासले भने ।

‘वर्णमाला र स्वरमालाका साथै बालबालिकाका निम्ति उपयुक्त गीति रचनाहरूमा थप काम भइरहेको छ । यो शृंखलामा विषयको विविधता समावेश गरिने छ । यसलाई हाम्रो ‘बाल रचना’ च्यानलमार्फत् सार्वजनिक गर्नुका साथै पुस्तक पनि प्रकाशन गर्ने छौं’ नेपालयका किरणकृष्ण श्रेष्ठले प्रष्ट्याए ।

वर्णमालामा चर्चित गायिकाहरू मीना निरौला र बेनुका राईले स्वर दिएका छन् । स्वरमालामा भने रचनाकार तथा संगीतकार आभासकै स्वर रहेको छ । स्वरमालालाई आधार बनाएर बनेको गीति कार्टुन यो लिंक https://www=youtube=com/watch<v=HKSiTz9cbmU मा गएर हेर्न र सुन्न सकिन्छ ।

 Image