Successfully Copied

भान्छाः घरेलु उपचारको केन्द्र !

आफ्नो भान्सामा उपलब्ध सामग्रीको प्रयोग गर्न जानियो भने सानोतिनो स्वास्थ्य समस्याका लागि एलोपेथिक औषधि सेवन गर्नु पर्दैन, अस्पताल धाउनु पर्दैन । 

हरेक नेपालीको भान्सामा हुन्छ, बेसार, अदुवा, लुसन, जिरा, ज्वानो, मेथी, तेजपत्ता, ल्वाङ, सुकुमेल । धेरैजसोको बगैंचामा हुन्छ, घिउकुमारी, तुलसी, पुदिना । वास्तवमा यी सबैकुरा औषधीय गुणले भरिपूर्ण हुन्छन् । 

त्यसैले सामान्य ज्वरो, रुघाखोकीदेखि पेट दुखेको, जोर्नी दुखेको, घाउ खटिरा आएको, अपचभएको सबै अवस्थामा यसैलाई औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । आफ्नो भान्सामा उपलब्ध सामग्रीको प्रयोग गर्न जानियो भने सानोतिनो स्वास्थ्य समस्याका लागि एलोपेथिक औषधि सेवन गर्नु पर्दैन, अस्पताल धाउनु पर्दैन । 

भान्साका यी औषधिहरु प्रयोग गर्न पनि सजिलो हुन्छ । जताततै उपलब्ध हुन्छ । यसको अर्को फाइदा भनेको शरीरलाई नकारात्मक असर गर्दैन । बिना साइड इफेक्ट विभिन्न स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ । 

धेरै नेपालीलाई हुने समस्या हो, ग्याष्ट्रिक । ग्याष्ट्रिक भएमा अदुवाको सेवन उपयोगी हुन्छ । अदुवामा एन्टी इन्फलेमेटरी गुण हुन्छ, जसको कारण यसले शरीरमा पाचक रस उत्पादन बढाउँछ । पाचक रस बढेपछि खानेकुरा पचाउन सजिलो हुन्छ । साथै शरीर भित्रको ग्यास पनि बाहिर निस्कन्छ । अदुवालाई स–सना टुक्रा बनाएर वा पानीमा उमालेर खान सकिन्छ । 

पेटको समस्या वा ग्याष्ट्रिकमा ज्वानो पनि निकै उपयोगी हुन्छ । ज्वानोको दानालाई चपाएर वा पानीमा उमालेर सेवन गर्न सकिन्छ । पुदिना पेटको लागि धेरै गुणकारी वनस्पति हो । त्यसो त पुदिनाको अचार पनि स्वादिलो हुन्छ । पुदिनालाई अचारकै रुपमा वा त्यसै पनि सेवन गर्न सकिन्छ । 

घिउकुमारीलाई स्वास्थ्य र सौन्दर्य दुबैका लागि उपयोगी मानिन्छ । पेटको स्वास्थ्यकालागि घिउकुमारीको पेस्ट बनाएर सेवन गर्न सकिन्छ । यसले छाला तथा कपालको चमक पनि ल्याउँछ । 

कहिलेकाहीं मुख भित्र घाउ, खटिरा आउन सक्छ । यस्तो समस्यामा फिटकिरी उपयोगी हुन्छ । त्यसैगरी नुनपानीले कुल्ला गर्नुपर्छ । यसले दुखाई कम गर्नका साथै घाउ निको पनि हुन्छ । मनतातो पानीमा नुन मिसाएर कुल्ला गर्नुपर्छ । 

पायल्समा घरेलु उपचार विधी  पनिअपनाउन सकिन्छ । यससँगै जीवनशैली भने परिवर्तन गर्नुपर्छ । 

गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त सेवन गर्दा रगत तथा पिपआउने जस्ता समस्या ठीक हुन्छ । कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दशमिनेट बस्दा धेरै आराम मिल्छ । नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा ठीक हुनसक्छ । 

कोठी वा तिल आउनु सामान्य हो । यद्यपि कतिपय अवस्थामा यसले सौन्दर्यलाई फिका बनाइदिन्छ । अतः यस्ता कोठी तथा तिल हताउनका लागि घरेलु उपचार विधी अपनाउन सकिन्छ । 

यसका लागि उपयोगी हुन्छ, लसुन । लसुनमा इन्जाइमको मात्रा हुन्छ जसले मिगमेन्ट उत्पादन गर्ने स्रोतहरुलाई नै हटाइदिने काम गर्छ । लसुनको केस्रालाई पिसेर कोठीमाथी लसुनको लेप लगाउनुपर्छ । त्यसपछि यसलाई सफा कपडा तथा प्लास्टरले ढाक्ने ।

(विभिन्न स्वास्थ्यसम्बन्धी वेबसाइटका आधारमा तयार)

 

 Image