Successfully Copied

कसरी बढाउने रोग प्रतिरोधी क्षमता ? 

हड्डीको रसमा एमिनो एसिड ग्लुटामिन प्रशस्त मात्रामा पाइन्छ । जसले शरीरका कोशिकालाई मर्मत गर्नुका साथै प्रतिरक्षा प्रणाली दृढ बनाउँछ । च्याउमा पाइने बिटा–ग्लुकोन तत्वले कुनैपनि प्रकारका संक्रमणसँग जुध्न तयार गर्दछ । 

हाल कोभिड–१९ अर्थात कोरोना भाइरसका कारण मानिसहरु महामारी र भयावहको स्थिति भोगिरहेका छन् । आधुनिक युगमा प्रविधि र विज्ञानले फड्को मारे पनि कोरोना भाइरसले भने वैज्ञानिकलाई नै चुनौती दिएको छ । 

सन् २०१९ डिसेम्बरमा चीनबाट  विस्तारै हुँदै विश्वका धेरै राष्ट्रमा कोरोना भाइरसले आक्रमण गरिसकेको छ । मंगरलबारसम्म करिब ८ लाख मानिसहरु यस भाइरसबाट संक्रमित भैसकेका छन् । नेपालमा पनि अहिलेसम्म ५ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । यतिबेला कोरोना भाइरसबारे स्वाभाविक जिज्ञासा पैदा हुन्छ । साधारण अर्थमा बुझ्नु पर्दा कोरोना त्यस्तो भइरसको हो, जसले स्वसन पथलाई बाधा पु¥याउँछ र रोगसँग लड्ने क्षमता कमजोर बनाउँछ । 

सन् २०१९ भन्दा पहिले नै वैज्ञानिकहरुले सन् १९६० को दशकमा कोरोना भाइरसबारे अनुसन्धान गरिसकेका थिए । तर अहिले यो भाइरस अहिले विश्वभर नै भाइरल भएर हजारौंको ज्यान गएपछि धेरैको चासो एवम् चिन्ता बढेको छ ।

कोरोनालाई  ल्याटिन शब्दबाट नामाकरण गरिएको हो । मुकुट आकारको यस भाइरस खानाबाट सर्ने होइन । कोरोना भाइरस संक्रमित मानिसबाट स्वस्थ मानिसलाई विभिन्न माध्यमबाट सर्छ । जस्तै, खुलारुपमा हाछ्युँ गर्दा, खोक्दा, हात मिलाउँदा वा छुँदा, कोरोना भाइरस भएको सामान छुँदा सर्ने हुनाले नियमितरुपमा सरसफाइमा ध्यान पु¥याउनु आवश्यक छ । 

यस भाइरसबाट संक्रमित मानिसमा देखिने सामान्य लक्षण अधिक ज्वरो (१०४ डिग्री फरेनहाइट), सुख्खा खोकी, श्वासप्रश्वासमा बाधा उत्पन्न हुनु र थकान महसुस हुनु हो । राष्ट्रिय स्वास्थ्य संस्थाका अनुसार विशेषगरी साना बालबालिका, ६५ वर्ष उमेरमाथिका वृद्धा र गर्भवती महिलामा कोरोना भाइरसको संक्रमण छिटो हुनसक्ने तथ्यांक छ । त्यसैले यो उमेरका समूह र स्थितिका मानिसले विशेष ध्यान पु¥याउनु आवश्यक छ । हाल कोरोना विरुद्धको भ्याक्सिन तथा औषधिको आविष्कार नभएकाले धेरैले ज्यान गुमाएका हुन् ।

सामान्यतयाः कुनैपनि रोग लाग्दा वा भाइरस, ब्याक्टेरिया, प्यारासाइट्सबाट संक्रमित हुँदा  शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । प्रतिरक्षा प्रणालीले एन्टिबडी उत्पादन गरी प्याथोजेन अर्थात रोगजनको अन्त्य गर्दछ । त्यस्तै कोरोना भाइरसले शरीरको श्वासप्रश्वासमा बाधा उत्पन्न पु¥याई प्रतिरक्षा प्रणालीलाइ थप कमजोर बनाउने हुनाले रोग प्रतिरोधात्मक पोषक तत्व बढी सेवन गर्नुपर्छ । एन्टिअक्सिडेन्ट, फलाभोनोइड, थियोब्रोभिन आदि पाइने खाद्यान्न बढी प्रयोग गर्दा शरीरको प्रतिरक्षा प्रणाली मजबुत हुन्छ । 

बाल्य तथा वृद्ध उमेरकाहरु कोरोना भाइरसबाट संक्रमित हुने जोखिम बढी हुने भएकाले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने खानेकुरामा जोड दिनु पर्दछ । कोरोना भाइरस खानाबाट पूर्णरुपले रोकथाम नभएपनि प्रतिरक्षा प्रणाली भने खानाबाटै सुदृढ हुने वैज्ञानिक तथ्यले जनाएको छ । भिटामिन सी भएका खानेकुरा (कागती, सुन्तला, अम्बा, अंगुर, गोलभेंडा) प्रशस्त प्रयोग गर्दा शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउनुका साथै शरीरका कोशिकालाइ विनाश गर्ने फ्री ¥याडिकललाई नस्ट पार्न मद्दत पु¥याउँछ । खनिज पदार्थ पाइने (जिंक, कपर, सेलेनियम) पनि स्वस्थ प्रतिरक्षा प्रणालीका लागि चाहिने आवश्यक तत्व हुन् । बोडी, गेडागुडी, च्याउ, केराउ, बदाम, मासु, अण्डाबाट पनि यी तत्व प्राप्त गर्न सकिन्छ ।

फर्मेनटेसन प्रक्रियाबाट प्रशोधित खानेकुरा (गुन्द्रुक, सिन्की, गोभी, किनेमा)ले पेटमा हुने स्वस्थ ब्याक्टेरियाको संख्या बढाउनुका साथै भाइरल इन्फ्लुएञ्जासँग जुध्ने प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । फ्लू, रुघाखोकी कोरोना भाइरसको प्रमुख लक्षण भएकाले अदुवा, लसुनमा पाइने प्राकृतिक तत्व एन्टिअक्सिडेन्टले श्वासप्रश्वासको समस्यामा रोगसँग लड्न बलियो बनाउँछ र दैनिक रुपमा यसको सेवन गर्नु वेश हुन्छ । 

हड्डीको रसमा एमिनो एसिड ग्लुटामिन प्रशस्त मात्रामा पाइन्छ । जसले शरीरका कोशिकालाई मर्मत गर्नुका साथै प्रतिरक्षा प्रणाली दृढ बनाउँछ । च्याउमा पाइने बिटा–ग्लुकोन तत्वले कुनैपनि प्रकारका संक्रमणसँग जुध्न तयार गर्दछ । 

भिटामिन ‘ए’ले श्वासप्रश्वासका कोशिकाको आकार कायम राख्ने हुनाले चिज, तोफु, गाँजर, सागसब्जी, फर्सी, अन्डा, फलफूल, प्रशस्त मात्रामा खानुपर्दछ । महत्वपूर्ण भिटामिन ए, डि, सि, इ, बी र खनिज जिंक, कपर, सेलेनियम पाइने खानेकुरामा बढी जोड दिँदा इम्युन बुस्ट गर्न मद्दत पु¥याउँछ । 

– उपासना घिमिरे 

 

 Image