Successfully Copied

होली र सुरक्षा

होलीमा रमाउँदा विभिन्न प्रकारका जोखिमपनि निम्तिन सक्छन् । सुरक्षा उपायनअपनाएशारीरिक चोटपटक, स्वास्थ्य समस्या र वातावरणीय असरहुन सक्छन् ।



होली रङहरूको पर्व हो, जसले आनन्द र उत्साह ल्याउँछ । तर होलीमा रमाउँदा विभिन्न प्रकारका जोखिमपनि निम्तिन सक्छन् । सुरक्षा उपायनअपनाएशारीरिक चोटपटक, स्वास्थ्य समस्या र वातावरणीय असरहुन सक्छन् । त्यसैले, सुरक्षित होली खेल्नका लागि कस्ता उपाय अपनाउने त ?


आँखाको सुरक्षा
होली खेल्दा रङ आँखामा जान नदिन सधैं सावधानी अपनाउनुपर्छ । रङमा भएको रासायनिक तत्वले आँखामा जलन, संक्रमण र अन्य स्वास्थ्य समस्या उत्पन्न गर्न सक्छ । त्यसैले रङ खेल्दा सुरक्षाका लागि सनग्लास लगाउनुपर्छ ।


छालाको सुरक्षा
होलीका रङमा विभिन्न रासायनिक तत्वमिसिएका हुन्छन् । जसले छालाको एलर्जी, र्‍यासेज वा अन्य समस्याउत्पन्न गराउन सक्छ । त्यसैले रङ लगाउनुअघि शरीरको खुल्ला भागमा सनस्क्रिन क्रिम वा नरिवलको तेल लगाउनुपर्छ । यसले रङको प्रभाव कम गराउँछ ।



पानीको सुरक्षा
होलीमा रङ खेल्ने क्रममा पानीको अत्यधिक प्रयोगबाट बच्नुपर्छ । होली खेल्दा प्रयोग हुने पानीमा विभिन्न रसायन मिसाउनुहुँदैन । यस्तो पानी शरीरमा फ्याँक्दा छालालाई असर पार्न सक्छ ।पानी फ्याँक्दा सावधानी अपनाउनुपर्छ । हिँड्दा वा दौडिँदा पानीमा चिप्लेर चोटपटक लाग्न सक्छ ।


सडक सुरक्षा
होलीका दिन सडकमा रङ खेल्ने र नाच्ने क्रममा दुर्घटनाको सम्भावना बढी हुन्छ । सवारीसाधन चलाउनेले पनि सडकमा सावधानी अपनाउनुपर्छ । सडकमा सुरक्षित रूपमा रङ खेल्नुपर्छ । मोटरसाइकलचलाउने व्यक्तिले हेलमेट लगाउनु जरुरी छ ।


सामाजिक सुरक्षा
होलीका समयमा रङ खेलेर सबैको उत्साह र जोस बढी हुन्छ, तर केही व्यक्तिलाई रङ लगाउँदा नराम्रो लाग्न सक्छ । महिलार बालबालिकाको सुरक्षामा विशेष ध्यान दिनु महत्वपूर्ण छ । होली निश्चित सीमाभित्रमात्र खेल्न सकिन्छ । जबर्जस्ती कसैलाई रङ लगाउनु हुँदैन ।


बालबालिकाको सुरक्षा
होलीको समयमा बालबालिकालाई सुरक्षित राख्नु अत्यन्त महत्वपूर्ण हुन्छ । उनीहरूले रङलाई मुखमा लगाउने, आँखामा पार्ने वा दुर्घटनाको सम्भावनाहुन्छ । त्यसैले रङ खेल्दा बालबालिकालाई निगरानी राख्नुपर्छ । हानिकारक रङको प्रयोगबाट बचाउनुपर्छ ।



पर्यावरणको सुरक्षा
होलीको रङ र पानीको अत्यधिक प्रयोगले पर्यावरणमा पनि असर पुर्‍याउँछ । रङको रासायनिक पदार्थले माटो र पानीलाई प्रदूषित गर्न सक्छ । अर्ग्यानिक रङ र कम पानी प्रयोग गरेर वातावरणीय प्रभाव कम गर्न सकिन्छ ।


रङको चयन
बजारमा उपलब्ध केही रङमा रासायनिक तत्व, हानिकारक धूलो र गन्ध हुने खतरा हुन्छ । यी रङले छालामा जलन, चिलाउने समस्या र एलर्जी उत्पन्न गर्न सक्छन् । त्यसैले घरमै बनाएको पर्यावरणमैत्री रङ प्रयोग गर्नुपर्छ । यस्ता प्राकृतिक रङ सजिलै बनाउन सकिन्छ । जस्तैः हरियो रङका लागि पात, रातो रङका लागि गुलाबको फूलआदि प्रयोग गर्न सकिन्छ ।


स्वास्थ्यको ध्यान
होलीको समयमा रङ खेल्दा धेरै ऊर्जा खर्च हुन्छ र थकान हुन्छ, जसले स्वास्थ्यमा असर पार्न सक्छ । साथै, बढी मादक पदार्थको सेवनगर्दा स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ । होलीका दौरान शारीरिक थकानबाट बच्नका लागि पानी पिउनुर सही आहारमा ध्यान दिनुपर्छ ।



‘रसायन मिसिएको रङबाट जोगिनुपर्छ’

डा. मोहन भुसाल छाला रोग विशेषज्ञ होली खेल्न जानुअघि छालालाई बचाउन मोस्चराइजर वा तेल लगाउनुपर्छ । दोस्रो लेयरमा सनस्क्रिन क्रिमको प्रयोग गर्नुपर्छ । डबल लेयर गरिसकेपछि रङ छालामा पर्न पाउँदैन र धुन पनि सजिलो हुन्छ । केशमा तेल, नङमा भ्यासलिन, ओठमा लिप बामको प्रयोग गर्नुपर्छ । बाहिर होली खेल्न जाँदा ह्याटको प्रयोग गर्ने, आँखालाई बचाउनसनग्लासको प्रयोग गर्ने र फुल स्लिभ भएको कपडा लगाउनुपर्छ । होली खेल्ने बेलामा कन्ट्याक्ट लेन्सको प्रयोग गर्नुहुँदैन । रसायन मिसिएको रङले छालामा असर पुर्‍याउने भएकाले प्राकृतिक रङ प्रयोग गर्नुपर्छ । लगातार रङ छालामा लागेपछि छाला सुक्खा हुन्छ । छाला सफा गर्दा धेरै घोटेर सफा गर्नु हुँदैन, जसले गर्दा र्‍यासेस, एलर्जी आउने हुन्छ । छालालाई राम्रोसँग धोएर मोस्चराइजर प्रयोग गरेर हाइड्रेट राख्नु महत्वपूर्ण छ ।

 Image