Successfully Copied

संसारभर रुचाइएको पिज्जा, कसरी बनाउने ?

मोर्डन पिज्जा नै दुई हजार वर्षअघि नै रोमन आर्मीहरुले चिज, ओलिभ ओयल हालेर खान थालेको बताइन्छ । सन् १८८९ मा रानी मार्गरिताको लागि बनाइएको स्पेशल पिज्जा ‘मार्गरिता पिज्जा’ को नाममा विकसित भएको हो । नेपालमा पनि मम, चाउमिन पछि खानाको रुपमा पिज्जा रुचाइँने

बालबालिका खानामा निकै चुजी हुन्छन् । उनीहरुलाई घरको दाल–भातबाहेक फास्ट फुडतिर बढी रुचि हुन्छ । त्यसमा पनि पिज्जा प्रायः बालबालिकाहरुलाई मन पर्छ ।

कहिलेकाहीं घरमा ठूलो जमघट हुँदा बालबालिकालाई भुलाउन के बनाइदिने वा ल्याइदिने भन्ने अन्योल हुन्छ । बत्तीसपुतलीकी व्यवसायी एवम् पूर्वपाइलट जिना लिङ्देनले भने घरमा जमघट हुनुपूर्व नै रेष्टुरेन्टबाट पिज्जा मगाइसकेकी हुन्छिन् । उनका दुबै छोराछोरीलाई पिज्जा औधी मन पर्छ । जिनाले जस्तै अचेल धेरैले छोराछोरीलाई पिज्जा किनिदिने गरेका छन् । पिज्जा खुवाउनकै लागि छोराछोरीलाई रेष्टुरेन्ट लैजाने पनि बढेका छन् । कुपण्डोलस्थित ब्रिक्स क्याफेका संचालक मोहितबंश आचार्य आफ्नो रेस्टुरामा धेरै रुचाइएको परिकार मध्ये पिज्जा एक भएको बताउँछन् ।

पिज्जा शब्दको प्रयोग भने १० औं शताब्दीदेखि भएको पाइन्छ । इटालीबाट विकास भएको पिज्जा अहिले विश्वभर लोकप्रिय छ । मोर्डन पिज्जा नै दुई हजार वर्षअघि नै रोमन आर्मीहरुले चिज, ओलिभ ओयल हालेर खान थालेको बताइन्छ । सन् १८८९ मा रानी मार्गरिताको लागि बनाइएको स्पेशल पिज्जा ‘मार्गरिता पिज्जा’ को नाममा विकसित भएको हो । नेपालमा पनि मम, चाउमिन पछि खानाको रुपमा पिज्जा रुचाइँने गरिन्छ । 

बनाउन सजिलो र खान मिठो र स्वस्थ्यहुने भएकाले पिज्जा प्रतिको आकर्षण बढेको हो । हुन त नेवारी खानामा बनाइने चटामरी पनि पिज्जाकै फ्ेलबरको एक किसिमको परिकार हो । जुन चामलको पिठोले बनाइन्छ । पछिल्लो समय सर्वाधिक रुचाइएको पिज्जाबारे केही रोचक तथ्य र बनाउने तरिका यस्तो छ :

संसारकै लामो पिज्जा

२ वर्षअघि अमेरिकाको लस एन्जल्समा विश्वकै सबैभन्दा लामो पिज्जा तयार पारिएको थियो । उक्त पिज्जाको लम्बाई २ किलोमिटर थियो । इटालीमा तयार पारिएको लामो पिज्जाको रेकर्ड तोड्दै अमेरिकी पिज्जाले गिनिज बुकमा नाम लेखाउन सफल भएको थियो । 

एउटा अटो क्लब स्पिडवेमा दर्जनौं सेफ तथा अन्य सहयोगीहरुले मिलेर उक्त पिज्जा तयार पारेका थिए । जब पिज्जा ६ हजार ३ सय ३३ फिट अर्थात् १ दशमलब ९३ किलोमिटरको भयो, तब त्यसले इटालियन पिज्जाको कीर्तिमान भंग गरिसकेको थियो । गिनिज बुकका अधिकारीहरुले यसलाई संसारको सबैभन्दा लामो पिज्जाको रुपमा प्रमाणपत्र पनि दिए । 

इटालीमा बनाइएको पिज्जा ६ हजार ८२ फिटको थियो । यो पिज्जा बनाउन आठ घण्टा लागेको थियो । ३६ सय ३२ किलो आटा, १६ सय ३४ किलो चिज, २५ सय ४२ किलो साल्सा सस मिलाएर हाइ फाइ पिज्जा तयार गरिएको थियो । मानवता तथा मित्रताको अनौठो मेसेज दिनकालागि यो पिज्जा तयार पारिएको थियो ।

रुचाइएका पिज्जाहरु

क्यालिफोर्निया पिज्जा, सिकागो स्टाइल पिज्जा, चकलेट पिज्जा, इरानीयन पिज्जा, ग्रीक पिज्जा, हवाइन पिज्जा, मिटबल पिज्जा, मेक्सिकन पिज्जा, सुसी पिज्जा, मसरुम पिज्जा, सलामी पिज्जा, ससेज पिज्जा र मार्गेरिता पिज्जालाई संसारमै सर्वाधिक रुचाइएको छ ।

पिज्जा बेसको लागि आवश्यक सामग्री :

(पीठो ) मैदा वा आँटा, इस्ट, नून, ओलिभ ओयल तथा तातो पानी ।

बनाउने विधि : पिठोलाई एउटा ठूलो भाँडामा राखेर इस्ट, नून, ओलिभ ओयल र तातो पानी राखेर मज्जाले मुछ्ने । तयार पिठोलाई आधा घण्टासम्म छोपेर राख्ने । त्यसपछि आफूलाई आवश्यकता अनुसारको साइजमा डोलाई बेल्ने ।

टपिङको लागि : मोजोरेला चिज, टोमाटो सस, भेजिटेवल पिज्जाको लागि ओनियन, क्याप्सिकन मसरुम आदि । मासुको लागि चिकेन, सलामी, ससेज आदि ।

नेवारी पिज्जा अर्थात चटामरी

भोज तथा चाडपर्वको मामिलामा अग्रणी नेवार समुदायमा बन्ने एउटा परिकार चटामरी पनि हो । 

आवश्यक सामग्री : चामलको पिठो ५ सय ग्राम, मासुको किमा वा अण्डा इच्छा अनुसार, नुन स्वादअनुसार, तेल १ सय मिलिलिटर, पानी आवश्यकता अनुसार ।

विधि  ः चामलको पिठोमा नुन हालेर मुछ्ने र लेदो बनाएर केही बेरसम्म छोपेर राख्ने । बाक्लो तावा तताई  त्यसमा थोरै तेल हाल्ने । एक डाडु लेदो पिठो तावामा खन्याउने अनि बिस्तारै तावाको सतहमा मिलाउने । त्यसमा आफ्नो इच्छाअनुसार किमा, मासु तथा अण्डा टप गर्ने र ३–४ मिनेट छोपेर पकाउने ।

 Image