Successfully Copied

कोरोना पीडितको उपचारमा खटिएकी नर्सको दर्दनाक डायरी

जति पनि अस्पतालमा बिरामीहरु आउनु भएको छ, उहाँहरु सुरक्षित हुनुहुन्छ । वीआर गिभिङ आवर बेस्ट । हाम्रो काम नै त्यहीहो, रातदिन हाम्रो ज्यानदिएर हामी बिरामी बचाउन लाग्छौँ  । तपाईंहरुले पनि आफ्नो ठाउँबाट हामीलाई सक्दो सहयोग गर्नुहोस् । 

विश्व कोरोनाभाइरस ‘कोभिड–१९’सँग लडिरहेको छ । यो रोगका कारण विश्वभर २२ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । लाखौं संक्रमित छन् । संक्रमणबाट जोगिन धेरै देशले लकडाउन गरेका छन् । यसै परिवेशबीच बेलायतको एक हस्पिटलमा इन्टेनसीप केयर युनिटमा रहेर कोरोना संक्रमितको उपचार गर्दै आएकी नेपाली नर्स प्रसुना कँडेलले भिडियो मार्फत आफ्नो अनुभव साटेकी छिन् । उनले सेयर गरेको अनुभूतिसहितको सुझाव जस्ताको त्यस्तैः

‘म लन्डनमा बस्छु । लन्डनको एउटा हस्पिटलमा इन्टेनसीप केयर युनिट (आईसीयु)माकाम गर्छु । अर्को मेरो कामभनेको जति पनि वार्डमा बिरामी राखिन्छन् । ती बिरामीहरुको स्वास्थ्य अवस्थामा क्वीक डिक्लाइन भयो भने उनीहरुलाई हेरेर, एसीस गरेर चेक गरी म, तथा मेरो मेडिकल इर्मेजेन्सी तथा क्रिटिकल केयरको टिम छ, आउट रिच टिम भनेर । हामी उनीहरुको अवस्था हेरेर इन्टेन्सीप केयरमा सार्छौ ।

अहिले पनि म काममै छु । तर, ब्रेकमा एउटा सानो भिडियो बनाउन मन लाग्यो । आज मैले यो भिडियो किन बनाउन चाहेको भने हजुरहरुलाई थाहा नै छ, कोरोनाभाइरसको संक्रमण फैलिरहेको छ । यसको केसहरु प्रत्येक दिन बढिरहेका छन् । हस्पिटलमा गएको दुई हप्तामा मात्रै आईसीयुमा बिरामीहरु पूरै फुल भैसक्यो । अत्यधिक मात्रामा आएको बिरामीको कारणले गर्दा हामीले नर्मल ३ वटा वार्डलाई पनि कोभिड वार्डमा नै परिणत गरेका छौं । बिरामी धेरै आएका कारणले हामीलाई यस्तो गर्नु परेको हो । कोरोनाबाट हुने मृत्युदर पनि बढिरहेको छ । अहिले युरोपमा सबभन्दा बढी संक्रमण भएको देश इटली हो । इटलीमा कोरोनाबाट हुने मृत्युदर ९ दशमलव ५ प्रतिशत छ भने युकेमा भने ५ प्रतिशत पुगिसक्यो । यसको संक्रमणको क्रम अझ बढ्दो छ ।

त्यसमध्ये मैले एउटा महत्वपूर्ण कुरा के देखे भने, तपाईहरुलाई गाइडलाइन छ । यसका लक्षणहरु के –के हुन् ? कोरोनाहुँदा के–के गर्ने ? आइसोलेसनमा कहिलेदेखि बस्ने ? के भयो भने हस्पिटल जाने ? भन्ने कुरा विभिन्न अनलाइन मिडियामार्फत बेलायतमा बस्नुहुन्छ भने पब्लिक हेल्थ इंग्ल्याण्डको वेवसाइट र बीबीसीको वेवसाइटमा पनि भेटनुहुन्छ । त्यसैगरी, वल्र्ड हेल्थ अर्गनाइजेसनको वेवसाइटमा पनि हेर्न सकिन्छ । उहाँहरुको आफ्नै युट्युब च्यानलहरु छन्, त्यसमा पनि प्रशस्तमात्रामा डेली अपडेटहरु पाउनुहुन्छ । यो त छदै त तर, यसबाहेक बाहिर के भइराखेको छ भने जति पनि आइसोलेसन घरमा बसिरहनु भएको डाक्टर, नर्स र सामान्यव्यक्तिहरु हुनुहुन्छ । उहाँहरुमा एकदमै डर, त्रास, इन्जाइटी, एकदमै लो फिलगर्ने, ल अब म यो भाइरस लागेपछि मरिहाल्छु भन्नेसम्मको डर त्रास हुने पनिभइसकेको छ ।

हस्पिटलमा जतिपनि बिरामीहरु आएका छन्, यो पछिल्लो दुई हप्तामा मेरो अनुभव के रह्यो भने वार्डमा राखेको बिरामीमा के देखे भने उनीहरुलाई बोलाउँदापनि एक आतंकित (प्यानिकिङ), चिन्तित (एन्जाइजीरएन्सियस) र डिप्रेस भएको बिरामीहरु मैले देखे ।एकदमै साधारण बिरामीहुँदा त हामीलो फिल गर्छाै भने अहिले त झन् यस्तो डरलाग्दो भाइरस संक्रमण देखिराखेको कारण वास्तवमै यसले आक्रमण गर्दाखेरि आतंकित र त्रासमाहुनु जायज कुरा हो । तर, कहिलेकाहीं के हुन्छ भने तपाई पोजेटिभ माइन्ड सेट लिएर, होइन म जित्न सक्छु, यो के हो र ? म बलियो छु भन्ने माइन्डसेटले एकदमै हेल्प गर्छ । यो मेरो यत्रो वर्ष अस्पतालमा काम गरेको अनुभवपनिहो । यसरी अस्पतालमा आएका भयभित बिरामीसँग हामीले ५÷१० मिनेट बोल्दाखेरि मात्रै पनि त्यो चेन्ज हामीले भेटाउँछौं ।

उहाँहरुलाई हामीले पोजेटिभ भाइब्स (सकारात्मक सन्देश) दिन हामी सफल हुन्छौं । त्यसैले यदि तपाईहरु आइसोलेसनमा बस्नुभएको छ भने तपाईंहरुलाई पनि यस्तै एन्जाइटीहरु हुन्छ सक्छ । ला मलाई अझ बढी हुने हो कि, सिकिस्तहुने हो कि हस्पिटल जाने हो कि, म मर्ने पो हो किभन्ने त्यो डर, त्रास हुनसक्छ । हेल्थ केयर प्रोफेसनलभएका नर्सहरु पनि कति आइसोलेसनमा बस्नुभएको छ, हस्पिटल, नर्सिङ होम र कम्युनिटिका नर्सहरु तथा आम व्यक्तिहरु धेरै जनासँग मेरो कन्ट्याक्ट भएको छ । आइसोलेसनमा बस्नुभएको छ ।

प्लीज डन्ट प्यानिक । कहिलेकाहीं सामान्य लक्षण देखा पर्छ । तपाई राम्ररी आइसोलेसनहरु अपनाउनु भयो भने कहिलेकाही त्यो सामान्य फ्लूजस्तै कम भएर जाने हुन्छ । मेरो यहाँको एक जना दिदीलाई पनि लागेको थियो, उहाँ अहिले निको भइसक्नुभयो । यस्तै अरु कति जना निको भएर काममा पनि जान थालिसक्नुभयो । त्यहीभएर प्यानिक नहुनुहोस् । संक्रमित भएको खण्डमा तपाईंले प्यारासिटामोलको प्रयोग गर्नुपर्छ ।

वयस्कको निम्ति दुई वटा प्यारासिटामोल दिनको ४ पटकसम्म ६÷६ घण्टाको फरकमा लिन सक्नुहुन्छ । प्रशस्त मात्रामा पानी पिउनुहोस् । बु्रफिन लिदैं नलिनुहोस्, यो इम्युनो सम्प्रेसन ड्रग हो, यसले तपाईमा भएको रोगसँग लड्न सक्ने जुन इम्युनिटी पावरलाई कम गराइदिन्छ । त्यसैले बु्रफिन लिन मिल्दैन । पौष्टिक आहारा खानुहोस् । हाम्रो नेपाली समाजमा घरेलु औषधिको रुपमा दिनहुँ प्रयोग हुने बेसार, अदुवा–पानी, मह राखेर कागती–पानी लिनुहोस् । सकेसम्म घरमा सकारात्मक वातावरणको सिर्जना गर्नुहोस् ।

एक अर्कासँग हाँसखेल गर्ने, ठट्टा गर्ने, टिभी हेर्ने, क्यारम बोर्ड खेल्ने र आफूलाई मन लागेका रमाइला कामहरु गर्नुहोस्, गार्डेनमाजान हुन्छ, मास्क लगाएर गार्डेनमा निस्कनुहोस् । विशेषगरी वृद्धहरु हुनुहुन्छ भने उहाँहरु अलिकति जोखिम उमेर समूहमा पर्नुहुन्छ । त्यसैले उहाँहरुलाई विशेष ध्यानदिनुपर्ने हुन्छ । कोहीव्यक्ति वृद्ध भएकै घरमा आइसोलेसनमा बस्नुभएको छ भने उहाँहरुबाट वृद्धवृद्धालाई अलि टाढै राख्नुपर्छ । एउटै ट्वाइलेट प्रयोग गरिराख्नु भएको छ भने त्यसलाई साबुनपानीले एकदमै राम्ररी सफा गरेर मात्रै अर्काे व्यक्तिले प्रयोग गर्ने गरौं । ट्वाइलेटमा भएका टिस्यु, जग, मग, तावेलजस्ता सामाग्रीहरु प्रत्येकले एकअर्काको प्रयोग नगरौं ।

यसले पनि रोग सर्नमा धेरै मद्दत गर्छ । र, अर्काे कुरा चाहिँ हेल्थ केयर प्रोफेसनका नर्स तथा डाक्टरहरु जति आइसोलेसनमा बसिरहनु भएको छ, उहाँहरुलाई पनि म आतंकित नहुन आग्रह गर्छु । हामी यसै फिल्डमा भएपनि रोगले आक्रमण गर्छ र हामीलाई पनि डर लाग्छ । त्यसैले कृपया तपाईंहरु पनि आतंकित नभइदिनुस् । हामी हेल्थकेयर प्रोफेसनलहरु फरक–फरक किसिमका रोगसँग एक्पोज भएका हुन्छौं, हाम्रो प्रतिरोधात्मक क्षमता अलिबलियो नै हुन्छ । 

अर्काे कुरा अस्पतालमा जतिपनि बिरामीहरु राखेका छन्, उहाँहरुको भिजिटरलाई म के भन्न चाहन्छु भने तपाईंहरुलाई अहिले हस्पिटलमा आउन दिइएको छैन । कडाइका साथ हामीले नो भिजिटर भनेर पोलिसी लागु गरेका छौं । त्यो पनि संक्रमण आवत–जावत नहोस् भनेर हो । पार्ट अफइन्फेक्सन कन्ट्रोल हो । तर, तपाईंले जतिबेला मन लाग्छ, कलगर्न सक्नुहुन्छ । तपाईंहरुको बिरामीबारे हामी अपडेट गरिदिन्छौ ।

आईसीयुमा राखेका छौं भने पनि हामीले अपडेट गर्छौ । बिरामीको अवस्थामा केही परिवर्तन आयो भने हामी आफै तपाईहरुलाई सम्पर्क गर्छाै । त्यही भएर नआत्तिनुहोस् । जति पनि अस्पतालमा बिरामीहरु आउनु भएको छ, उहाँहरु सुरक्षित हुनुहुन्छ । वीआर गिभिङ आवर बेस्ट । हाम्रो काम नै त्यहीहो, रातदिन हाम्रो ज्यानदिएर हामी बिरामी बचाउन लाग्छौँ  । तपाईंहरुले पनि आफ्नो ठाउँबाट हामीलाई सक्दो सहयोग गर्नुहोस् । 

 Image