Successfully Copied

कोरोनाबाट जेष्ठ नागरिकलाई कसरी जोगाउने ?

फोक्सो, कलेजो, मिर्गाैला तथा मुटुका दीर्घ रोगी, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, अंगप्रत्यारोपण गरेका, एचआइभी भएका मानिसहरु यो रोग र त्यससम्बन्धी जटिलताबाट धेरै नै प्रभावित भएका देखिन्छन् । 

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले मंगलबारदेखि देशभर लकडाउन गरेको छ । संक्रमण फैलन नदिन नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गर्दै लकडाउन गरिएको हो । 

विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण १६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमितको तथ्यांंकलाई आधार मान्दा यस रोगबाट सबैभन्दा धेरै ज्येष्ठ नागरिक प्रभावित भएका छन् । खासगरी ८० वर्ष भन्दा माथिल्लो उमेर समूहका कोभिड संक्रमितको मृत्युदर १५ प्र्रतिशत सम्म छ भने ७०, ८० वर्ष बीचमा मृत्युदर ८ देखि १० प्रतिशत छ । 

तथ्यांकलाई विश्लेषण गर्दा कुनै कारणवश शरीरको रोगसँग लड्ने क्षमता कम भएका र दीर्घ रोग भएका ज्येष्ठ नागरिकहरु कोभिडका कारण बढी प्रभाविता भएको देखिएको छ ।

फोक्सो, कलेजो, मिर्गाैला तथा मुटुका दीर्घ रोगी, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, अंगप्रत्यारोपण गरेका, एचआइभी भएका मानिसहरु यो रोग र त्यससम्बन्धी जटिलताबाट धेरै नै प्रभावित भएका देखिन्छन् । 

कोरोना, कोभिडविरुद्ध हालसम्म कुनै ठोस उपचारपद्धति र रोगको संक्रमण नहोस् भन्नका निम्ति खोप पनि अनुसन्धानकै क्रममा छन् । ती सहज रुपमा आम सर्वसाधारणका निम्ति उपलब्ध हुन पनि वर्षौ लाग्न सक्छ । त्यसैले कोभिडविरुद्ध गर्न सकिने भनेको रोकथाम मात्रै हो । तसर्थ ज्येष्ठ नागरिक भएका परिवारका सदस्यले निम्नलिखित सावधानी अपनाउनुपर्छ । 

१) भीडभाड हुने ठाउँ, जस्तै पूजाआजा भजनकिर्तन, जात्रापर्व सत्संग आदिमा ज्येष्ठ नागरिकलाई सहभागी नगराउने । 

२) ज्वरो, रुघाखोकी लागेका बालबालिका एवं वयस्क तथा अन्य ज्येष्ठ नागरिक पनि स्वस्थ ज्येष्ठ नागरिकको नजिक नजाने । 

३) ज्येष्ठ नागरिकको नजिक जाँदा साबुनपानीले हात धोएपछि सेनिटाइजर हातमा लगाएर मात्र जाने । 

४) परिवारका सबै सदस्यले खोक्दा, हाछ्युँ गर्दा कुहिनाले छोपेर गर्ने । रुघाखोकी लागेमा मास्कको प्रयोग गर्ने । 

५) ज्येष्ठ नागरिकलाई पौष्टिक खानेकुरा दिनुपर्छ । यसले उनीहरुको रोगसँग लड्न सक्ने क्षमतालाई बढाउँछ । जस्तै तरकारी र फलफूल ।

 ६) ज्येष्ठ नागरिकलाई घरभित्रै शारीरिक अभ्यास गर्ने वातावरण बनाउने । यसमा साधारण किसिमका शारीरिक व्यायाम गराउन सकिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउछ । 

७) ज्येष्ठ नागरिकलाई पहिले नै दम, मधुमेह, उच्च रक्तचाप भएको छ भने सो रोगको नियन्त्रणको बारेमा जानकारी राखिरहनुपर्छ ।

८) एक्लै बस्ने ज्येष्ठ नागरिकलाई परिवारसँगै राख्नुपर्छ । संगै बस्न संभव नभए स्याहारकतार्का व्यवस्था गरिदिनुपर्छ । 

९) ज्येष्ठ नागरिक घरभित्रै लामो समय एक्लै बस्दा मानसिक समस्या हुने संभावना रहन्छ । यसका लागि परिवारका अन्य सदस्यले बेलाबेलामा कुराकानी गरिरहनुपर्छ । 

१०) ज्येष्ठ नागरिकलाई यस रोगका बारेमा तथ्यपरक सूचना एवं जानकारी दिइरहनुपर्छ । 

११) यस्तो बेलामा ज्येष्ठ नागरिक तथा परिवारका अन्य सदस्यहरु धुम्रपान, मदिरापानबाट टाढै रहनुपर्छ । 

 

 

 Image