Successfully Copied

३ वर्षपछि फेरि आईन सुजता

गीत/संगीतमा परिचय खोज्दा खोज्दै उनको आफ्नै परिचय फेरियो । उनी वैवाहिक जीवनमा प्रवेस गरिन । विवाहको केहि समय उनका पिताले जस्तै श्रीमानले पनि बाटो देखाए । तर, छोरीको जन्म पछि भने उनले गायन यात्रामा पूर्ण बिराम लगाई ।

गायिका सुजता केसी नेपाली गीत संगीतका क्षेत्रमा आफ्नो परिचय बनाउन खोज्दै थिईन् । सानैबाट गीत संगीतमा लगाव भएकी सुजतालाई उनका पिताले गीत संगीतका क्षेत्रमा निक्कै हौसला र प्रेरणा सहित साथ दिएका थिए । उनले ‘क्या बाल, अल्झियो फरिया, मलाई के थाहा थियो र, यसपालीको तिहार’ लगायत थुप्रै गीतमा आवाज भरिन् । 

सुजताले गीत मात्रै गाइनन् । उनले चलचित्रमा अभिनय पनि गरिन् । पिता गणेश केसीको लगानीमा बनेको चलचित्र ‘सुर्या’मा उनले शिर्ष अभिनेत्रीका रुपमा अभिनय गरिन् । तर, चलचित्रमा सोचेजस्तो भएन् । चलचित्रको लगानी पनि उठेन् । उनी पनि अभिनयमा माथि उठ्न सकिनन् । तर, गायन यात्रामा भने उनले हरेस खाईनन् ।

गीत संगीतमा परिचय खोज्दा खोज्दै उनको आफ्नै परिचय फेरियो । उनी वैवाहिक जीवनमा प्रवेस गरिन । विवाहको केहि समय उनका पिताले जस्तै श्रीमानले पनि बाटो देखाए । तर, छोरीको जन्म पछि भने उनले गायन यात्रामा पूर्ण बिराम लगाई । उनलाई सानैबाट प्रेमले अंगालेको गीत संगीतको भन्दा छोरीको माया धेरै लाग्यो । उनी छोरीको लालनपालनमा लागिन । 

तिनै गायिका सुजता केसी करिब ३ वर्षको अन्र्तराल पछि पुनः गीत संगीतमा आएकी छिन् । उनलाई यो समय पनि गीत संगीतमा आईहाल्ने मन थिएन् । तर, उनका श्रीमानले आफ्नो गलालाई नमार्न बारम्बार सुझाएपछि हालै सुजताले ‘बाजा बजाउँदै’बोलको गीतमा आवाज भरिन् । उनी भन्छिन् ‘सांगीतिक बजार पनि अर्कै बाटोमा गैसक्यो । बजारको पछि लाग्न पनि मन लाग्दैन्, फेरि यतिबेला कोरोनाको सन्त्रासले विश्वनै आतंकित छ । गीत ननिकालौं कि भन्ने थियो । फेरि यति बेला कोरोनाबाट मानिसको मन मोड्न केहि त चाहिएको छ । मैले मेरा स्रोता तथा दर्शकका लागि केहि दिने समय हो जस्तो लाग्यो र यो गीत सार्वजनिक गरियो ।’

सार्वजनिक गीत लोकराज अधिकारीले लेखेका हुन् । गीतमा अर्जुन पोख्रेलको संगीत तथा संगीत संयोजन सुन्न सकिन्छ । ‘बाजा बजाउँदै’बोलको सार्वजनिक गीतको म्यूजिक भिडियो समेत निर्माण गरिएको छ । म्यूजिक भिडियो निर्माण उनका श्रीमान शुसिल शर्माले गरेका हुन् । काजिश श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियोमा कोरियोग्राफी पनि काजिशकै रहेको छ । अर्जुन तिवारीको टिमले छायांकन गरेको गीतको भिडियो सम्पादन दिपक बिष्टले गरेका छन् ।

म्यूजिक भिडियोमा सागर लम्साल, प्रदीप लिम्बुका साथमा प्रिस्मा तथा प्रिन्सी खतिवडाले अभिनय गरेका छन् । 

गीतको भिडियो :

 

 Image