Successfully Copied

मिस वल्र्ड आयोजकवाट सहयोग

मिस वल्र्ड आयोजकले मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल शृंखला खतिवडालाई २०,२० हजार डलर सहयोग गर्न भएको छ । ब्युटी विथ पर्पाेज विजेता शृंखला र अनुष्काले सुरु गरेको समाज सेवा परियोजनालाई सहयोग स्वरुप सो रकम प्रदान गर्ने लागेका हुन् ।

शृंखलाको प्रोजेक्ट क्षेत्र मकवानपुर र अनुष्काको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पुगेर दुवै आयोजना पूरा गर्न २०, २० हजार डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको हिडन ट्रेजरका अध्यक्ष दिवाकरराज राजकर्णिकारले जानकारी दिए ।

उनीहरु दुवैले मिस वल्र्डमा ब्युटी विथ पर्पाेज टाइटल जित्नुको कारण पनि त्यही परियोजना थियो । अघिल्लो साता नेपाल आएका मिस वर्ल्ड आयोजक संस्थाकी अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्टिभ डग्लेसले उक्त सहयोग घोषणा गरेका थिए ।

शृंखलाले चेपाङ समुदायका लागि अस्पताल निर्माण र अनुष्काले निम्न आय भएकालाई आयआर्जनका लागि सहयोग पुर्याउने उद्देश्यले काम गरिरहेका छन् । गत हप्ता आयोजक जुलिया मोर्ले र स्टिभ डग्लेसागै मिस वर्ल्ड २०१९ टोनी एन सिंह नेपाल आएका थिए । 

 Image