सृष्टि बनिन् पहिलो मिसेस् नेपाल क्यानडा २०२४
विवाहित महिलाहरुलाई अझ सबल, सक्षम र सशक्त बनाउने उद्देश्यले क्यानडामै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा सृष्टि श्रेष्ठ अमात्य मिसेस् नेपाल क्यानडा बनिन् ।

रितु कँडेल नेपाली लोकगीत क्षेत्रकी व्यस्त गायिका हुन् । उनले रोइला, माया, बतासजस्ता चर्चित गीत गाएकी छन् । उनको पहिलो एल्बम हो ‘ऋतुका फूलहरू’ । उनले अरुको शब्दमा मात्र स्वर भर्दिनन्, आफूले थुप्रै तीज गीत पनि लेखेकी छन् । ‘तीज गीतमा मौलिकपन झल्किनुपर्छ भन्ने लाग्छ,’ उनी भन्छिन्, ‘मेरा गीत पनि त्यस्तै हुन्छन् ।’ उनले पप, आधुनिकदेखि लोकगीतसम्म करिब चार दर्जन गीत गाएकी छन् । आफ्ना केही गीतमा मोडलिङ गरे पनि गीत गाउनै सहज लाग्ने उनको अनुभव छ ।
संगीतमै रमाउने उनी फुर्सदमा पुस्तक पढ्छिन् । शास्त्रीय संगीतमा स्नातकोत्तर उनको अबको इच्छा संगीतमै पिएचडी गर्नेछ ।