अधिकारका लागि महिला आफैं जागरुक हुन आवश्यक छ

नारी संवाददाता

फाल्गुन २८, २०७६ १ सय १० औं नारी दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नारी मासिकले ‘कसरी अगाडि बढ्ने ?’ भन्ने अभियानअन्तर्गत आ–आफ्नो क्षेत्रमा निरन्तर काम गरिरहेका अब्बल महिलाको आवाज समेट्ने प्रयास गरेको छ, जुन नारी मासिकको डिजिटल भर्सन https://bit.ly/2IOIVWR मा हेर्न र सुन्न सकिन्छ ।

अधिकारकर्मी प्रमदा शाहले राख्नु भएको विचार :

पहिलाभन्दा महिला अधिकारका क्षेत्रमा काम गर्न अहिले सजिलो छ । तर, समस्या नै नभएको चाहिँ होइन । संविधानले नै महिलालाई ससम्मान स्थान दिनु सकारात्मक पक्ष हो । अहिले विश्वभर नै महिलाको यौन अधिकारका विषयमा बहस भइरहेको छ, जुन बहस नेपालमा पनि जारी छ ।

नेपालमा चाहिँ यौन अधिकारसँगै अरू थुप्रै विषयमा बहस आवश्यक छ । यसप्रति महिला नै बढी सचेत र जागरुक हुन आवश्यक छ । नेपाली महिलाले चेतनाको स्तर बढाउनुपर्छ । त्यसका लागि आफैंले बढी पहल गर्नुपर्ने स्थिति छ ।

अधिकारकर्मी प्रमदा शाहले राख्नु भएको विचारको डिजिटल भर्सन :

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>