Successfully Copied

गर्भावस्थाको पोषण 

सन्तुलित पौष्टिक आहारमा म्याक्रो न्युटिरेन्टअन्तर्गत (कार्बोहाइड्रेड, प्रोटिन र चिल्लो पदार्थ) तथा माइक्रो न्युटिरेन्टअन्तर्गत (भिटामिन र खनिज पदार्थ) प्रशस्त मात्रामा खानुुपर्छ । सन्तुलित आहारसँगै उक्त मात्राको गुणस्तर प्रतिक्रिया एवं रासायनिक प्रभावका साथ एलर्जी हुने खाद्यपदार्थमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

गर्भवती हुनु नाजुक तथा संवेदनशील अवस्था हो । यस्तो अवस्थामा मातृत्व पोषणले आमा र शिशु दुवैको स्वास्थ्यमा प्रभाव पार्छ । मातृ पोषणले भ्रू्णको वृद्धि एवं सम्भावित विकास र शिशु स्वास्थ्यको परिपक्वतामा सहयोग पुर्‍याउँछ । आमा तथा नवजात शिशुको स्वास्थ्यलाई प्रभावित गर्न गर्भधारणले विशिष्ट अवसर प्रदान गर्छ । यो अवधिमा सन्तुलित एवं थप पौष्टिक खानेकुरा खानुपर्छ किनभने आमाले खाएको खानाले नै गर्भस्थ शिशुको शारीरिक तथा मानसिक विकास निर्धारण गर्छ । धेरै महिलालाई गर्भावस्थामा कति खाने भन्ने जानकारी नहुन सक्छ । गर्भावस्थामा दुई जनालाई पुग्ने जति खाना खानुपर्छ भनिन्छ ।

एक भाग आमा तथा एक भाग शिशुका लागि भनिए पनि यो धारणा असत्य भएको कुरा एउटा अनुसन्धानले प्रमाणित गरेको छ । गर्भवतीको शरीरमा आउने वृद्धि, भू्रणको तीव्र विकास तथा शरीरमा विभिन्न मातृतन्तुहरूको विकासका प्लासेन्टा साथै स्तनको आकारमा हुने वृद्धिका कारण अतिरिक्त पोषण जरुरी हुन्छ । त्यसैले यो अवधिमा दैनिक ३ सय क्यालोरी अरु सामान्य दिनभन्दा बढी खानु आवश्यक छ । क्यालोरी अनुमान शरीरको तौल लिएर, दैनिक कार्यशैली हेरेर तथा गर्भवती हुनु अघिको बीएमआई इन्डेक्सअनुसार गर्न सकिन्छ ।

सन्तुलित पौष्टिक आहारमा म्याक्रो न्युटिरेन्टअन्तर्गत (कार्बोहाइड्रेड, प्रोटिन र चिल्लो पदार्थ) तथा माइक्रो न्युटिरेन्टअन्तर्गत (भिटामिन र खनिज पदार्थ) प्रशस्त मात्रामा खानुुपर्छ । सन्तुलित आहारसँगै उक्त मात्राको गुणस्तर प्रतिक्रिया एवं रासायनिक प्रभावका साथ एलर्जी हुने खाद्यपदार्थमा विशेष ध्यान पुर्‍याउनुपर्छ । गर्भवती महिलाहरूले गर्भावस्थामा कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन एवं सबै प्रकारका खनिज पदार्थ खानुपर्छ ।

भ्रुणमा हुने हड्डीको विकासका लागि क्याल्सियमयुक्त खानेकुरा दूध, दहीका साथै हरियो सागपात तथा फलफूल प्रशस्त खानुपर्छ । यसका साथै आइरन, सोडियम, आयोडिन जिंक र सम्पूर्ण भिटामिन पनि उत्तिकै आवश्यक हुन्छ । विशेषगरी भिटामिन ए, डी, ई, बी १२, बी ६ तथा सी आइरन, जिंक, आयोडिन, कोपर एवं सिलेनियम चिकित्सकको सल्लाहमा खानुपर्छ । 

गर्भधारणमा पोषणका लागि ध्यान दिनुपर्ने कुराहरू 

    चिकित्सकको सल्लाहमा भिटामिन एको मात्रा नियन्त्रित रूपमा खानुपर्छ । भिटामिन ए बढी हुँदा पनि भ्रुणमा हानि पुग्ने सम्भावना हुन्छ । 

बन्दा, काउली, परबल, सिमीजस्ता ताजा हरिया तरकारी तथा अन्य परिकार समायोजन गरेर खानुपर्छ । सधै एकै किसिमको तरकारी नखाई सबै प्रकारका पोषणयुक्त खानेकुरा खानुपर्छ । 

    होलग्रेन, गेडागुडी, दाल, ताजा तरकारी, फलफूल आदि पोषिला खानेकुरा खानुपर्छ । टुसा पलाएका गेडागुडी एवं मास स्वास्थ्यवद्र्धक हुन्छन् । 

    कालो अंगुर, केरा, अनार, गाजर, आँप, जुनार, मौसम, खरबुुजा, सुन्तला, स्ट्रबेरी, किबी, एभोकाडो, चेरी जस्ता विभिन्न प्रकारको फलफुलहरू समायोजन गरि खानु अत्यन्त आवश्यक छ । 

    छोकडा, काजु, अन्जिर, बदाम, ओखर तथा अन्य ड्राई फ्रुट्सको पनि छुट्टै महत्व छ । सफा र स्वच्छ पिउने पनि चार लिटर दैनिक रुपमा खानु आवश्यक छ । यी खानेकुराहरू पर्याप्त मात्रामा खाँदा सम्पूर्ण पौष्टिक आहारको प्राप्ति हुन्छ जसले गर्दा गर्भमा रहेको शिशुको शारीरिक तथा मानसिक वृद्धि विकास हुन्छ । 

    मख्खन, घिउ, मह तथा चिनीबाट तयार पारिएका मिठाईंको सेवन कम गर्नुपर्छ । 

    भात, पुलाउ, जाउलो, रोटी, पराँठा आदि गहुँ तथा चामलबाट बनाइएका परिकार खान सकिन्छ । 

    बेकरी जस्तै बन, डोनट, पिज्जा, प्यानकेक, स्यान्डवीच आदि कम मात्रामा कहिलेकाही खान सकिन्छ। 

    गर्भवती महिलाहरूले व्रत बस्नु हुँदैन् । 

    जमेको वा फ्रोजन तथा डिप फ्रोजन खानेकुरा सेवन गर्नुहुँदैन । 

    चिसो पेय पदार्थ, कोल्डड्रिंक्स, काँचो तथा कम पाकेको अण्डा, सुपारी, पान, चिया, कफी, मदिरापान तथा धूम्रपान गर्नुहुँदैन । 

गर्भावस्थामा खान नहुने कुराहरू 

    काँचो मेवा तथा भुइँकटहर नखानु नै वेश हुन्छ । मेवामा पाइने ल्याक्टस पापएन इन्जाइम तथा भुइँकटहरमा पाइने ब्रोमेलिन इन्जाइमका कारण गर्भपात साथै गर्भाशय साँघुरिने सम्भावना हुन्छ । त्यसकारण राम्रोसँग पाकेको मेवा र भुईकटहर कम मात्र खान सकिन्छ ।

    काँचो तथा नपाकेको अण्डा तथा कुखुराको मासु सेवन गर्नुहुँदैन । काँचो अण्डा र मासुमा सालमोनेला तथा अन्य रोग निम्त्याउने सूक्ष्म जीवाणु हुन्छन् तसर्थ तिनलाई राम्रोसँग पकाएर मात्र खानुपर्छ । 

    पिज्जा, समोसा, बिस्कुट, डिप फ्राइज चिप्स, प्रोसेस चीज, पकौडा तथा अचारमा नुनको मात्रा बढी हुने हुँदा शरीरमा पानीको मात्रा शोषण भएर उच्च रक्तचाप वृद्धि हुन्छ । त्यसैले यी खानेकुरा खानुहुँदैन । 

    दूध एवं दुग्धजन्य पदार्थमा सही तरिकाले प्रशोधन गरेर मात्र खानुपर्छ । 

    सडकमा बिक्रि गर्न राखिएका स्ट्रिट फुडमा नुन, मसला, चिल्लो पदार्थ, ट्रान्स फ्याट, मसला तथा क्यालोरीको मात्रा बढी हुने भएकाले यो अस्वस्थकर हुन्छ । यसले गर्दा पेट तथा असजिलो महसुस हुने ,मुटु पोल्ने समस्या सिर्जना हुन सक्छ भने रोग निम्त्याउने सूक्ष्म जीवाणुको मात्रा पनि अत्यधिक भएको कारण फुड पोइजिनिङ हुनसक्ने संभावना हुन्छ । 

    आमा र शिशुको स्वास्थ्यका लागि गर्भधारणअघिदेखि नै पौष्टिक तत्वमा जोड दिनुपर्छ यसले गर्दा शिशुको शारीरिक तथा मानसिक विकास उचित ढंगले हुन्छ ।

 Image