Successfully Copied

परिवर्तनका लागि संघर्षको चरणमा छु : मेनुका ढुंगाना

छोरीहरुको प्रगतिको बाधक समाजले अंगालिरहेका कु–प्रथाविरुद्ध लड्ने मेरो प्रयासलाई पत्रकारिताले बल दिएको छ । समाज परिवर्तन एकैचोटी सम्भव हुने होइन, कयौँ वर्षसम्म संघर्ष गरिरहनुपर्छ, हो त्यही संघर्षको चरणमा छु म पनि ।

पत्रकार मेनुका ढुंगाना पत्रकारहरुको अन्तराष्ट्रीय सन्जाल (इन्जा ) द्वारा स्थापित सामुदायिक पत्रकारिता अन्र्तराष्ट्रिय पुरस्कार बाट सम्मानित भएकी छिन् । मेनुका ढुंगाना अछाम संवाददाताका रुपमा कान्तिरपूर दैनिकमा कार्यरत छिन् । उनले कान्तिपूर दैनिककामा ‘म एउटी छाउपडि रिपोटर’ शिर्षकमा लेखेको समाचारका लागि पुरस्कार प्रदान गरिएको हो । पुरस्कारमा प्रमाण पत्र सहीत १ हजार अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिएको छ ।

उनले पुरस्कार प्राप्त गरेपछि सामाजिक सञ्जाल मार्फत खुशी बाढेकी छिन् । मेनुकाले ‘एउटा अविस्मरणीय क्षण’ शिर्षक दिएर लेखेकी छिन्– ‘सानैदेखिको समाज परिवर्तनको हुटहुटी पत्रकारिताबाट पूरा गरिरहेकी छु । सुदूर पहाडमा जन्मिएर हुर्किएकी मैले छाउपडीसहितका कु–प्रथालाई देखे भोगेकी छु । छोरीहरुको प्रगतिको बाधक समाजले अंगालिरहेका कु–प्रथाविरुद्ध लड्ने मेरो प्रयासलाई पत्रकारिताले बल दिएको छ । समाज परिवर्तन एकैचोटी सम्भव हुने होइन, कयौँ वर्षसम्म संघर्ष गरिरहनुपर्छ, हो त्यही संघर्षको चरणमा छु म पनि । मेरो संघर्षमा अनेकन चुनौतीवीच परिवारबाट मिलेको साथ र हौसला अमूल्य छ। संघर्षको यो यात्रा अहिले कान्तिपुर मिडिया ग्रुपमार्फत चलिरहेको छ । यही क्रममा नेपाली पत्रकारहरूको अन्र्तराष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापित यस वर्षको इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार प्राप्त गरेकी छु । यो पुरस्कारले समाज परिवर्तनको मेरो प्रयासमा एउटा हौसला थपिदिएको छ । यो पुरस्कारले म जस्तै कयौँ आमा–छोरीहरुको पक्षमा क्रियाशील हुन अझै बल दिएको छ । यो ऊर्जालाई पत्रकारिता क्षेत्रमै लगाएर अघि बढ्ने प्रण गरेकी छु । धन्यवाद !’

 

 Image