भान्साका सारथि
पाककलालाई ‘उत्कृष्ट’ कला मानिन्छ । यो सहज भए पनि चुनौतीपूर्ण छ । भान्सामा काम गर्नेहरूका लागि जोखिम पनि उत्तिकै हुन्छ । किनभने यहाँ धारिला र तिखा विभिन्न हतियारको प्रयोग गरिन्छ, आगोका लप्कासँग पनि खेल्नुपर्ने हुन्छ ।

नेवार समुदायको कला, संस्कृति, भाषा तथा संस्कारको जगेर्णा गर्ने उदेश्यले नेप्लीज फेसन होम (एनएफएच इभेन्ट्स) ले विगत १५ वर्षदेखि आयोजना गर्दै आएको प्रतिभा तथा सौन्दर्य प्रस्फुटन गर्ने प्रतियोगिता ‘मिस नेवा: ११४०’ को अडिसन काठमाडौंमा सम्पन्न भएको छ ।
शुक्रवार सम्पन्न भएको अडिसनबाट १५ औं संस्करणको मिस नेवा: का लागि २५ जना प्रतिस्पर्धिहरु छनोट गरिएको आयोजक संस्थाले जनाएको छ । अडिसनमा छनोट भएका प्रतिस्पर्धिहरु काठमाडौं, भक्तपुर, ललितपुर लगायत अन्य जिल्लाको प्रतिनिधित्व गर्दै सहभागि भएका छन् ।
अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, नेपाल क्योकूसिन सेइसीन काइकान कराँते संघका अध्यक्ष तथा नेपाल चिफ सिहान अशोक कुमार श्रेष्ठ, मिस नेवा: ११३९ नीतु डंगोल, पूर्व मिस नेवा: रीजु मानन्धर तथा सञ्चारकर्मीद्वय त्रिलोचन प्रधान तथा कृष्ण भट्टराई निर्णायकको रुपमा रहेका थिए ।
यसपटकदेखि मिस नेवा: प्रतियोगिताका विजेताले आकर्षक नगद पुरस्कार पाउने भएका छन् । आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरका अनुसार यो वर्ष ‘मिस नेवा: ११४०’ को उपाधि जित्ने प्रतिस्पर्धिले नगद एक लाख रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्नेछिन् । फस्र्ट रनर्स अप तथा सेकेण्ड रनर्स अपका विजेताले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।
अडिसनबाट छनोट भएका प्रतिस्पर्धिहरुलाई करिव डेढ महिना लामो प्रशिक्षण दिइने छ । त्यसक्रममा उनीहरुलाई नेपाल भाषा, कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रित भएर प्रशिक्षण दिइनेछ ।
यसका साथै उनीहरुलाई आत्मविश्वास विकास, लिडरशिप, सेल्फ डिफेन्स जस्ता महत्वपूर्ण विषयमा समेत प्रशिक्षण दिइने छ । प्रतिस्पर्धिहरुलाई कोरियोग्राफर रोजिन शाक्य, पूर्व मिस नेवा: सुनिता डंगोल, सेल्फ डिफेन्स प्रशिक्षक अशोककुमार श्रेष्ठ आदिले प्रशिक्षण दिने छन् ।
मिस नेवा: को ग्राण्ड फिनाले वैशाख दोस्रो साता कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने आयोजक संस्थाले जनाएको छ ।