यसरी गर्नुहोस् फूलको हेरचाह 

नारी संवाददाता

फाल्गुन १२, २०७६  

    गमला वा फूलदानीको पानी हरेक दिन फेर्नुपर्छ ।

    गहिरो गमलामा रोप्नुपर्छ । 

    फूलअनुसार घाम–पानीको व्यवस्था मिलाउनुपर्छ । 

    जरा लामो हुने बिरुवालाई हुर्कन ठूला गमलाको छनोट गर्नुपर्छ ।

    फूलका गमलाहरू प्लेटमाथि राख्नुपर्छ, त्यसो गर्दा गमलाबाट माटो र पानी चुहिएर फोहोर हुन पाउँदैन । 

    फूल रोपेको गमला वा भाँडोको प्वाल टाल्नु हुँदैन । 

    पर्याप्त अक्सिजन आउने ठाउँमा फूल रोप्नुपर्छ । अक्सिजन कम भएमा फूल कुहिने र मर्ने हुन्छ ।

घरमा फूल रोप्नुका फाइदाहरू

    फूलको सौन्दर्यले आनन्दित बनाउँछ ।

    फूल रोप्दा वा स्याहार गर्दा शरीर चलायमान हुन्छ । 

    फुलेका फूल देख्दा बालबालिकामा सकारात्मक सोच आउँछ । 

    घरको छत–कौसीमा फूल रोपेपछि सरसफाइमा विशेष ध्यान दिनुपर्छ । जसले गर्दा घरको वातावरण पनि सुन्दर हुन्छ । 

    घरमा फूल रोप्दा घरबाट निस्कने फोहोर र पानीको उचित व्यवस्थापन हुन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>