Successfully Copied

फिटनेसका लागि ईन्टरमिटेन्ट फास्टिङ–हङग्री फर हेल्थ

शरीरको तौल घटाउन र मेटाबोलिजममा सुधार ल्याउन मात्रै नभएर दीर्घकालीनरुपमा शारीरिक स्वस्थताका लागि यो अभियानप्रति धेरैको आकर्षण बढ्दोछ । यो खानाका लागि समय व्यवस्थानसँगै फिटनेस रहन अपनाउने तरिका हो ।

स्वास्थ्यका लागि ईन्टरमिटेन्ट फास्टिङ अर्थात् (विस्तारै उपवास) र हङ्री फर हेल्थ (स्वस्थताका लागि भोक) अभियान निकै प्रभावकारी भएको मेडिकल साइन्सले प्रमाणित गरेको छ ।

शरीरको तौल घटाउन र मेटाबोलिजममा सुधार ल्याउन मात्रै नभएर दीर्घकालीनरुपमा शारीरिक स्वस्थताका लागि यो अभियानप्रति धेरैको आकर्षण बढ्दोछ । यो खानाका लागि समय व्यवस्थानसँगै फिटनेस रहन अपनाउने तरिका हो ।

केही समयअघि मुटुरोग बिशेषज्ञ डाक्टर भगवान कोइरालाले ८ घण्टा अन्तरमा केही खाने र बाँकी १६ घण्टा पेट खाली राख्दा शरीरको पाचनप्राणाली ठिक हुनुका साथै शरीरमा स्फुर्ति आउने बताएका थिए । 

‘ईन्टरमिटेन्ट फास्टिङ– हङ्ग्री फर हेल्थ’का विभिन्न विधि छन् । ‘यो विधिका थुप्रै विधा छन्’ डा. कोइराला भन्छन्, ‘शरीरको स्थितिअनुसार फरक–विधि अपनाउनुपर्छ ।’

ईन्टरमिटेन्ट फास्टिङ भनेको हरेक दिनको १४ देखि १६ घण्टा पेटलाई खाली र ८ देखि १० घण्टा समयान्तरमा पेटमा केही खानेकुरा पार्नु हो । खानको उपनामले प्रख्यात अमेरिकन फिटनेस इस्ट्रक्टर मार्टिन बर्खनद्धारा उत्पादित यो सुत्रअनुसार ब्रेकफास्टभित्र र रातको खानापछि कुनै पनि चिज खानु हुँदैन ।

मार्टिनका अनुसार रातको ८ बजे खाना खाएको छ भने भोलिपल्ट दिनको ८ या १० बजेसम्म केही खानु हुँदैन । तर यो महिलाका लागि १४ देखि १५ घण्टा मात्रै खालीपेट उपयुक्त हुनेछ । योबीचमा पानी, जुस पनि खानु हुँदैन ।

नियमअनुसार खानका लागि छुट्टयाइएको ८ देखि १० घण्टाको अवधिमा चाहिँ स्वस्थबद्र्धक खानेकुरा खानुपर्छ । खानेकुरा एकैचोटि भन्दा पनि पटक पटक–पटक खानुपर्छ ।

 Image