Successfully Copied

कोरोना प्रकोप: कसरी सुरक्षित रहने ?

कोरोना भाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीमा रोग निम्त्याउने गर्दछ । मानिसमा यसले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउँछ, जुन प्राणघातक हुन सक्छ । हालसम्म यसविरुद्धको कुनै खोप वा औषधिको आविस्कार भएको छैन ।

 

चीनमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (२०१९ एनसीओभी)बाट मृत्यु हुनेको संख्या १६ सय ६९ पुगिसकेको छ । पछिल्लो तथ्यांकअनुसार २७ देशमा फैलिएको यो भाइरसबाट संसारभर ६९ हजारभन्दा बढी संक्रमित छन् । नेपालमा भने एकजनामा मात्र कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ ।

सरकारले चीनमा रहेका १ सय ७५ नेपालीलाई उद्धार गरेर नेपाल ल्याएको छ । उनीहरुलाई त्रिभुवन विमानस्थलमा आवश्यक स्वास्थ्य जाँचपछि खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ ।  

कोरोना भाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीमा रोग निम्त्याउने गर्दछ । मानिसमा यसले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउँछ, जुन प्राणघातक हुन सक्छ । हालसम्म यसविरुद्धको कुनै खोप वा औषधिको आविस्कार भएको छैन ।

कोरोना जनावरबाट सर्ने एक प्रकारको भाइरस हो । अनुमान गरिएअनुसार जनावरबाट नै नयाँ भाइरसको सुरुवात भएको भनिए पनि कुन जनावरबाट भनेर पत्ता लागिसकेको छैन । चीनमा नयाँ भाइरस मानिसबाट मानिसमा सरेको पनि पुष्टि भएको छ । अहिले संक्रमण फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरससँग नमिल्ने भएकाले यसलाई ‘२०१९ नोभेल कोरोना भाइरस’ नाम दिइएको छ । यो भाइरस चीनमा पत्ता लागेको हो । विश्व स्वास्थ्य संगठनले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ -2019-nCoV_  नाम दिएका छन् । 

कोरोना भाइरसका लक्षण

–ज्वरो आउने र खोकी लाग्ने । 

–सास फेर्न गाह्रो हुने ।

–छिटोछिटो सास फेर्ने ।

–सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुने । 

–समयमा उपचार नभए निमोनिया हुने ।

–मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्ने ।

यसको संक्रमणबाट बच्न के गर्ने ?

–व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

– रुघाखोकी लागेका मानिसको नजिक सम्पर्कमा नबस्ने ।

– भीडभाडमा सावधानी अपनाउने ।

– जीवित जनावरहरूको धेरै सम्पर्कमा नबस्ने ।

– खोक्दा हाँच्छ्यु गर्दा टाढा बस्ने वा रुमालले मुख छोप्ने ।

 – लक्षण देखापरेमा चिकित्सकलाई सम्पर्क गर्ने ।

उपचार 

कोरोना भाइरसविरुद्ध कुनै खोप वा औषधि आविस्कार भएको छैन । 

 

 Image