Successfully Copied

मधुमेह के हो ? 

मधुमेहका कारण मुटुमा विभिन्न रोग देखिन सक्छन् । करिब ५० प्रतिशत मधुमेहका रोगीको मुटु तथा नसासम्बन्धी रोगका कारण मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ ।

 

मधुमेहका कारण मुटुमा विभिन्न रोग देखिन सक्छन् । करिब ५० प्रतिशत मधुमेहका रोगीको मुटु तथा नसासम्बन्धी रोगका कारण मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ ।

पोखराकी सैलजा ३२ वर्षीया शैलजा थापालाई अधिक भोक लाग्ने, टाउको दुख्ने, शरीर चिलाउने, थकान महसुस हुने जस्ता समस्याले सताएपछि चेक गराउँदा उनमा मधुमेह देखियो । सैलजा त उदाहरण मात्र हुन् । अहिले खानपान बद्लिदो जीवनशैलीका कारण धेरैलाई मधुमेह देखिने गरेको छ । 

इन्सुलिनले चिनी अर्थात् कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ । रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्छ । जब इन्सुलिनको उत्पादन हुन छाड्छ, रगतमा चिनीको मात्रा बढ्न थाल्छ । प्यांक्रियाजले पर्याप्त इन्सुलिन उत्पादन नगर्दा वा शरीरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुन जान्छ ।

प्यांक्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने समस्या टाइप वान डायबिटिज (पहिलो प्रकारको मधुमेह) हो । यसलाई पहिले ‘इन्सुलिनमा आधारित डायबिटिज मिलाइटस्’ वा ‘अपरिपक्व मधुमेह’ भनेर चिनिन्थ्यो । प्यांक्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसक्नुको कारण भने हालसम्म पत्ता लागेको छैन ।

‘टाइप टु डायबिटिज’ (दोस्रो प्रकारको मधुमेह) इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो । यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन् । शरीरमा रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन सक्छ । यसलाई पहिले ‘इन्सुलिनमा आधारित नहुने डायबिटिज मिलाइटस्’ वा ‘परिपक्व हुन लागेको मधुमेह’ भनेर चिनिन्थ्यो । अत्यधिक तौल तथा अपर्याप्त शारीरिक व्यायाम ‘टाइप टु डायबिटिज’ का प्रमुख कारक हुन् । 

यो सामान्यतया बालबालिकामा देखा पर्छ । जहाँ इन्सुलिनको उत्पादन शून्य अर्थात् अत्यन्त कम हुन्छ । रोगीलाई बचाउन इन्जेक्सनद्वारा कृत्रिम इन्सुलिन दिनुपर्ने हुन्छ ।

‘जेस्टेसनल डायबिटिज’ गर्भवती महिलामा ६ देखि ९ महिनामा देखिन सक्छ । समयमै उपचार गराएमा यो नियन्त्रण हुन्छ ।

लक्षण 

    छिटो–छिटो पिसाब तथा तिर्खा लाग्ने । 

    बढी भोक लाग्ने, आँखा तिरमिराउने ।

    शरीरको वजन घट्ने, थकान महसुस हुने ।

    वाकवाकी लाग्ने ।

    चोटपटक लागेपछि लामो समयसम्म निको नहुने । 

    हातखुट्टा झमझमाउने, रिंगटा लाग्ने । 

मधुमेहका रोगीमा अन्धोपन हुनसक्ने सम्भावना अत्यधिक हुन्छ । करिब १५ वर्षसम्म मधुमेहबाट ग्रसित बनेका करिब २ प्रतिशत रोगीमा पूर्णरूपमा दृष्टिविहीन हुने सम्भावना रहन्छ । रगतमा भएको अत्यधिक ग्लुकोजले आँखाको रेटिनामा भएको रक्तनलीमा क्षति पुर्‍याउँछ । मधुमेहले स्नायु प्रणालीको मुख्य अङ्ग मस्तिष्कमा पनि क्षति पुर्‍याउन सक्छ । मधुमेहका रोगीमा मिर्गाैलाको रोग हुने सम्भावना पनि अत्यधिक रहन्छ । मधुमेहका कारण मुटुमा विभिन्न रोग देखिन सक्छन् । करिब ५० प्रतिशत मधुमेहका रोगीको मुटु तथा नसासम्बन्धी रोगका कारण मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ ।

रगतमा चिनीको मात्रा कम हुने अवस्था (हाइपोग्लासेमिया)

    भर्खर जन्मिएका शिशु, कुपोषित अवस्थामा रहेका व्यक्ति, चिनी रोगको उपचार गराइरहेका व्यक्ति, औलो ग्रसित बच्चा आदि ।

    थोरै खाएर यात्रा गर्नेहरूको रगतमा चिनीको मात्रा कम हुने बढी सम्भावना हुन्छ । यसैगरी धेरै शारीरिक परिश्रम गर्ने, गर्मी ठाउँमा बस्ने, रक्सी खाने, तनावमा रहनेहरूको रगतमा चिनीको मात्रा कम हुन सखक्छ ।

    तुरुन्त उपचार नपाएमा बिरामीको मृत्यु पनि हुनसक्छ ।

चिनीको मात्रा कम हुने लक्षणहरू 

    धेरै भोक लाग्नु, झर्को लाग्नु, शरीर कम्प हुनु । 

    रिंगटा लाग्नु, मूर्छा पर्नु, पसिना आउनु । 

    पेट दुख्नु, बान्ता हुनु ।

    नवजात शिशुहरू मूर्छा पनि पर्छन् ।

 Image