Successfully Copied

अहिलेको प्रेम

प्रेमी–प्रेमिकाको सोच र लक्ष्यमा देखा पर्ने भिन्नता देखिँदा पनि सम्बन्धलाई लामो समयसम्म लान कठिन हुन्छ । कतिपयको प्रेम एक–अर्कालाई नबुझीकनै हुन्छ ।

अहिले एक–अर्काको मनलाई भन्दा पनि लेभल तथा स्टाटस हेरेर प्रेम गर्नेहरू बढेका छन् । त्यसरी गरिएको प्रेम धेरै समय नटिक्ने भएकाले ब्रेकअप धेरै हुन थालेको धारणा राख्छिन्–समाजशास्त्री सुशीला बस्नेत । अहिलेका युवा–युवती आफ्नो स्वतन्त्रताबारे सचेत छन् । 

विवाह गरेपछि सात जन्मको साथ भनिने कथन अबको पुस्ताको लागि नौलो बन्दैछ । सम्बन्ध गाँस्न नपाउँदै छुट्टिने चलन बढ्दो छ । हिजोआज युवा–युवतीको मन अध्ययन गर्दा अस्थिर लाग्छ । प्रेम प्रस्ताव पनि तुरुन्तै हुन्छ र ब्रेकअप पनि । एक क्लिक म्यासेजमा राखिएको प्रस्ताव अस्वीकार नै भए पनि सामान्य मानिन्छ । सम्बन्ध जति सजिलैसँग जोडिन्छ, त्यति सजिलै तोडिएको पाइन्छ । तर यी कुरालाई अघिल्लो पुस्ताले सजिलै पच्चाउन सक्दैन । 

अहिले एक–अर्काको मनलाई भन्दा पनि लेभल तथा स्टाटस हेरेर प्रेम गर्नेहरू बढेका छन् । त्यसरी गरिएको प्रेम धेरै समय नटिक्ने भएकाले ब्रेकअप धेरै हुन थालेको धारणा राख्छिन्–समाजशास्त्री सुशीला बस्नेत । अहिलेका युवा–युवती आफ्नो स्वतन्त्रताबारे सचेत छन् । आफ्नो करियरलाई प्राथमिकता दिन्छन् । कसैसँगको प्रेमका कारण करियरमा बाधा हुने अवस्थामा धेरैले करियर रोजेको पाइन्छ । 

प्रेमी–प्रेमिकाको सोच र लक्ष्यमा देखा पर्ने भिन्नता देखिँदा पनि सम्बन्धलाई लामो समयसम्म लान कठिन हुन्छ । कतिपयको प्रेम एक–अर्कालाई नबुझीकनै हुन्छ । जब बुझ्दै जान्छन्, सही नलाग्न सक्छ । त्यस्तो अवस्थामा ब्रेकअपको सम्भावना बढी हुन्छ । 

सम्बन्धमा सम्झौता भन्ने कुरा अबको समयमा विस्तारै असम्भव हँदै गएको छ । आम व्यक्तिदेखि सेलिब्रेटीसम्मका मानिसहरूको पनि वैवाहिक सम्बन्ध टुटेको देखिन्छ । कतिपयको त २५ वर्षसम्म कायम भएको वैवाहिक सम्बन्ध टुटेको उदाहरण कहि पनि छ । अहिले सम्बन्धविच्छेदका लागि अदालतको ढोका ढकढकाइरहेकाहरू बढेका छन् । यसरी जन्मभरका लागि एक भएकाले भकाभक सम्बधविच्छेद गर्नुलाई समाजशास्त्री माया केसी ‘तिमीभन्दा म के कम ?’ भन्ने एक–अर्काको इगोलाई मुख्य दोष दिन्छिन् । उनी भन्छिन्–‘यसमा पुरुषहरूमा म पुरुष भन्ने घमण्ड र सबै काम श्रीमतीले नै गर्नुपर्छ भन्ने सोच पनि दोषी छ ।’ बस्नेत चाहिँ ब्रेकअपको एउटा कारण सोसल मिडिया पनि भएको बताउँछिन् । यसले सम्बन्धको विकल्पलाई सहज बनाइदिएको उनको धारणा छ । 

अहिले समय र कानुन बदलिएको छ । समाज र परिवारमा विवाहलाई हेर्ने र बुझ्ने कुरा परिवर्तन आएको छ । महिला र पुरूषबीचको सम्बन्धमा बनेका कानुनका साथै आधुनिकता र विश्वव्यापीकरणले यस्ता विधि र प्रक्रियालाई खुला र फराकिलो बनाएको छ । तथापि विवाहपूर्व समान हैसियतमा रहेका प्रेमी–प्रेमिका विवाहपछि फरक–फरक भूमिकामा पुग्छन् । भूमिका फरक हुन्छ भने व्यवहार पनि फरक हुनु स्वाभाविकै हो । मनोविद् सरोजराज पन्त भन्छन्–‘विवाहअगाडि मनोवैज्ञानिक धरातलमा एक–अर्कालाई स्वच्छन्द प्रेम गरिरहेका प्रेमी–प्रेमिका जब पति–पत्नीमा परिणत हुन्छन् । तब, व्यवहार पनि प्रेमी–प्रेमिकाको होइन पति–पत्नीकै हुन्छ । यसले मनोविज्ञानमा प्रभाव पार्छ नै ।’ उनको भनाइलाई आधार मान्ने हो भने विवाहपूर्वको प्रेम खुला गगनमा उड्ने पन्छीझैं हो भने विवाहपछिको प्रेम पिँजडामा थुनिएको पन्छी । विवाहपछिको प्रेममा सम्झौताको भूमिका बढ्छ । तर प्रेमको गुण सम्झौता होइन, स्वत:स्फूर्त बग्नु हो । यो कुरा अहिलेको पुस्ताले बुझ्न सकिरहेको देखिँदैन । 

‘जति चेन्ज गर्‍यो, त्यति नै स्टाइलिस्ट र फरवार्ड भएको सोच्छ अहिलेको पुस्ता । यथार्थ प्रेम के हो भन्ने कुरा नबुझ्नु तथा आधुनिकताको नाममा विलासी जीवन बिताउन चाहनु नै ब्रेकअपको कारण हो’–उनले भनिन् । कम उमेरमै हुने अपरिपक्व प्रेमका कारण अझ यस्तो भावना बढिरहेको उनको बुझाइ छ । 

आधुनिकीकरणसँगै प्रेमबारे युवापुस्ताको सोच पनि बदलिएको छ । जोसँग डेटिङ गयो, ऊ सँगै विवाह गर्नुपर्छ भन्ने छैन । पहिलेजस्तै बाबुआमाले खोजेको केटा वा केटीलाई बन्द आँखाले स्वीकार गर्ने होइन, बरु पूरै बुझेर मात्र वैवाहिक सम्बन्ध गाँस्नुपर्छ भन्ने धारणा विकास भएको छ । विवाह त्यस्तो प्रक्रिया हो, जसले अलग परिवारका दुई विपरीत लिङ्गी व्यक्तिलाई एक सूत्रमा बाँध्छ । यसले सामाजिक, धार्मिक तथा कानुनी रूपले वैधानिकता पाउँछ । सामाजिक रूपमा विवाह एउटा यस्तो समारोह हो, जसले कुनै एक स्त्री र पुरुषलाई सम्बन्धमा जोडिदिन्छ । 

त्यसो त प्रेम र विवाह भिन्न कुरा हुन् । प्रेम भनेको भावनाको मिलन हो भने विवाह सामाजिक मिलन । कतिपयले त विवाहलाई मिलनभन्दा पनि सम्झौता मान्छन् । पछिल्लो समय अधिकांश प्रेम सम्बन्धहरू विवाहमा परिणत त भैरहेका छन् । विवाहमा परिणत भएका प्रेम कहानीहरू सामाजिक दृष्टिमा सुन्दर पनि लाग्छन् । तर प्रेमजस्तो स्वत:स्फूर्त विषयलाई विवाहमा परिणत गर्दा प्रेम कति बाँच्छ र कति मर्छ भन्ने विषयमा चाहिँ त्यति मनन गरेको पाइँदैन ।

 

 Image