Successfully Copied

नेपालमा एक नेपालीबाट अर्कोमा कोरोना भाइरस सरेको छैन 

     नेपालमा एक नेपालीबाट अर्कोमा कोरोना भाइरस सरेको छैन । रुघाखोकी लाग्दैमा अत्तिनु पर्दैन ।       वुहानबाट आएका मानिस तथा बिरामीका संसर्गमा रहेका मानिसमा १४ दिनभित्र कोरोनाको जस्ता लक्षण देखिए अस्पतालमा सम्पर्क गर्नुपर्छ । 

डा. अनुप बास्तोला / प्रमुख कन्सल्टेन्ट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

के हो कोरोना भाइरस ? 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोना भाइरसको समूह हो । यसले खासगरी श्वास–प्रश्वासमा असर पार्छ । श्वास–प्रश्वासको माध्यमबाट कोरोना भाइरस सर्छ । यसले सामान्य रुघाखोकीदेखि निमोनिया गराउने अनि मानिसको मृत्युसम्म हुन्छ । रोग प्रतिरोधक क्षमता कम भएका व्यक्तिमा यसले छिट्टै आक्रमण गर्न सक्छ । अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारको हो । जुन पहिले मानिसमा पहिचान भएको थिएन । डब्लूएचओका अनुसार कोरोना भाइरसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मार्स) र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) को समस्या निम्त्याउँछ । 

यसका लक्षण के–के हुन् ? 

रुघाखोकी लाग्नु, ज्वरो आउनु, श्वास–प्रश्वासमा समस्या हुनु । दम उठ्छ । मांसपेशी पनि दुख्छ । 

रोकथामका लागि के गर्ने ? 

यसमा लक्षण अनुसारको उपचार हुन्छ । भाइरसको औषधिले निको हुन्छ । बाहिर गएर आएपछि नियमित रूपमा साबुन पानीले हात धुनुपर्छ । खोक्दा तथा हाँच्छ्यु गर्दा नाक र मुख छोप्नुपर्छ । फ्लु लागेको मानिसको नजिक जानुहुँदैन । यस्ता मानिस आफू पनि सुरक्षित हुनुपर्छ र अरूलाई पनि सुरक्षित राख्नुपर्छ । फ्लुको लक्षण देखापरेमा चिकित्सकसँग परामर्श लिनुपर्छ । भीडभाड तथा बाहिर निस्कँदा मास्क लगाउनुपर्छ । जंगली तथा घरेलु पशुपन्छीहरूको असुरक्षित सम्पर्कबाट टाढै रहनुपर्छ । पशुजन्य मासु/अन्डा राम्रोसँग पकाएर मात्र खानुपर्छ । 

जानकारी

     कोरोना भाइरसको उत्पत्ति सर्प वा चमेराबाट भने पनि अझ प्रमाणित भएको छैन । 

     कोरोना भाइरसका कारण धेरैजसो वृद्धाको मृत्यु र जटिलता भएको पाइएको छ । ६० वर्षभन्दा माथिकालाई ज्वरो आउने कडा निमोनियाका कारण पनि मृत्यु भएको छ ।

  मौसमी रुघाखोकी अहिले धेरैलाई सताएको छ । सबै रुघाखोकी लागेकालाई कोरोना भाइरस संक्रमित हुँदैनन् । 

     बालबालिका तथा गर्भवती महिलामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । 

     यो भाइरस जनावरबाट मानिसमा आएको हो । जनावरको सामिप्यमा गइसकेपछि त्यो भाइरस कहिलेकाहीँ मानिसमा सर्छ । यसलाई ‘स्पिल ओभर’ भनिन्छ । 

     नेपालमा एक नेपालीबाट अर्कोमा कोरोना भाइरस सरेको छैन । रुघाखोकी लाग्दैमा अत्तिनु पर्दैन । 

     वुहानबाट आएका मानिस तथा बिरामीका संसर्गमा रहेका मानिसमा १४ दिनभित्र कोरोनाको जस्ता लक्षण देखिए अस्पतालमा सम्पर्क गर्नुपर्छ । 

     वुहानसहित चीनको संक्रमित क्षेत्र नपुगेको मानिसलाई रुघाखोकी लाग्दैमा कोरोना परीक्षण आवश्यक छैन । 

     अन्य भाइरसको तुलनामा यो चाँडै फैलिएको छ । यसको सर्ने मेकानिजम सजिलो रहेछ । 

 Image