चलचित्र मोदी बेनीमा बर्षा मुख्य भुमिकामा ,अनामिका सह निर्देशक
पछिल्लो समय नायिका बर्षा शिवकोटीको चलचित्रमा ब्यस्तता बढ्दै गएको छ । चलचित्र मोदी बेनीमा उनी अरु भन्दा फरक भुमिकामा देखिने भएकी छन् ।
अभिनेत्री श्वेता खड्का अचेल चलचित्रमा छैनन् । चलचित्र कान्छीपछि उनले न त कुनै चलचित्रमा अभिनय गरेकी छिन्, न त निर्माण नै गरेकी छिन् । सामाजिक कार्यका साथै आफ्नै व्यवसायमा समेत सक्रिय उनी बेला–बेलामा रिबन काट्ने कार्यक्रममा पनि सहभागी भइरहन्छिन् ।
यसै साता उनले एउटा सैलुनको उद्घाटन गर्दै सुन्दरताका बारेमा आफ्नो रोचक सुझाव दिएकी छिन् । ‘सेलिब्रेटीमात्र सुन्दर देखिनुपर्छ भन्ने छैन, खड्काको भनाइ थियो, ‘हरेक व्यक्ति सुन्दर हुन आवश्यक छ ।
त्यसका लागि सबैले आफूलाई मेन्टेन गर्नुपर्छ । स्वास्थ र सुन्दरतालाई उत्तिकै ख्याल राख्नुपर्छ ।’ आफ्नो सुझावलाई ब्युटी कन्सस युवापुस्ताले सकारात्मक रूपले ग्रहण गर्ने उनको बुझाइ छ ।