Successfully Copied

ममिता बनिन् कास्की तारा 

ममिता विक कास्की तारा बन्न सफल भएकी छन् । ‘सुखी नेपाली, समृद्ध नेपाल निर्माणका आधार’ शीर्षकमा भएको कास्की तारा वक्तृत्वकलाको फाइनलमा जित्दै उनले नगद ३० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पारिन् । 

 

ममिता विक कास्की तारा बन्न सफल भएकी छन् । ‘सुखी नेपाली, समृद्ध नेपाल निर्माणका आधार’ शीर्षकमा भएको कास्की तारा वक्तृत्वकलाको फाइनलमा जित्दै उनले नगद ३० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पारिन् । 

ममिता उमा माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छिन् । वक्तृत्वकलामा अमरसिंह माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा अपेक्षा अधिकारी द्वितीय र गौरीशंकर मनिलाल माविमा कक्षा १० मा अध्यनरत छात्रा दुर्गा ढुंगाना तृतीय भए । उनीहरूले क्रमश: २० हजार रुपैयाँ र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्रले प्राप्त गरे ।

कास्कीमा रहेका पाँचवटै स्थानीय तहमा भिन्नाभिन्नै माध्यमिक विद्यालयस्तरीय प्रतियोगिता सम्पन्न गरी उत्कृष्ट तीनलाई फाइनलमा प्रतिस्पर्धा गराइएको थियो । बेथानी बोर्डिङ स्कुल, पोखरामा भएको उक्त वक्तृत्वकलामा सूर्यतारा क्लब पोखराले आयोजना गरेको हो । प्रतियोगिताको निर्णायकका रूपमा समालोचक नगेन्द्रराज लामिछाने, उप–प्राध्यापक नारायणदत्त सुवेदी र विद्यार्थी नेता लक्ष्मण तिमिल्सेना रहेका थिए ।

 

 Image