अहिलेको आर्थिक मन्दीले जताततै असर
महिलाले घरपरिवार, समाज र व्यावसाय दुवै हेर्नुपर्ने र सन्तुलनमा राख्नुपर्ने भएकाले सहज छैन तर यसका बावजुद पनि अवसर नभएका होइनन् । आत्मनिर्भर हुन, एक्सपोजर पाउन, विदेशी संस्कृतिबारे थाहा पाउन यसले सघाएको पनि छ ।
भीमविराग संगीत साहित्यकला प्रतिष्ठान नेपालले यस वर्षको तुलसीमाया शिवकुमारी स्मृति सिर्जनशील नारी पुरस्कार कवि शान्तिप्रिय वन्दनालाई प्रदान गर्ने भएको छ । १० हजार राशीको उक्त पुरस्कार भीमविरागको ८६ औँ जन्मजयन्तीको अवसरमा प्रदान गरिने छ ।
यहि मा १५ गते एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिने प्रतिष्ठानका अध्यक्ष उज्ज्वल शमौले बताएका छन् । कवि शान्तिप्रिय वन्दना प्रगतिशील लेखक संघ नेपाल, मकवानपुरकी अध्यक्ष हुन् ।
त्यस्तै, बागमती प्रदेशस्तरीय ‘हर्षनर बज्राचार्य स्मृति सम्मान’ वरिष्ठ संगीतकार शुभबहादुर सुनामलाई, ‘भीममथुरा बालप्रतिभा पुरस्कार’ आगमन कोइरालाई, ‘शीलानारी प्रतिभा पुरस्कार’ छमछमी विजेता सन्ध्या आचार्यलाई, ‘चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार’ कवि छवि अनित्यलाई, ‘मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कार’ स्वास्थ्यकर्मी सत्यदेवी जर्घालाई र ‘अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार’ प्रवीण ग्वाच्छालाई प्रदान गरिने भएको छ ।