Successfully Copied

सुपुष्पाको फरक बाटो

विद्यालयमै छँदा स्टेज कार्यक्रमहरूमा गीत गाइसकेकी सुपुष्पा अहिले गिटार वादनको प्रशिक्षण लिइरहेकी छिन् । निकट भविष्यमै उनी गायिकाका रूपमा समेत दर्शक तथा श्रोतामाझ आइरहेकी छिन् ।

चलचित्र ‘रणवीर’ मार्फत अभिनेत्रीका रूपमा उदाएकी अभिनेत्री हुन्— सुपुष्पा भट्ट । अग्लो कद, सुन्दर मुहार तथा राम्रै अभिनय गर्ने भएकाले पछिल्लो समय उनी चलचित्र निर्माता–निर्देशकको नजरमा पर्न सफल भएकी छिन् ।

दोस्रो चलचित्र ‘छ माया छपक्कै’ मा पनि सुपुष्पाले अभिनेता जितु नेपालको जोडीका रूपमा छोटो भए पनि प्रभावकारी भूमिका निर्वाह गरिन् । अहिले आएर उनले एउटा ठूलो ब्यानरको चलचित्र पाएकी छिन्—‘चपली हाइट–३’ । अर्जुन कुमारको यो चलचित्रमा सुपुष्पाले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइन्छ ।

बाल्यकालदेखि नै भविष्यमा अभिनेत्री बन्छु भन्ने लक्ष्य लिएकी सुपुष्पाले म्युजिक भिडियोमा समेत अभिनय गर्न थालेकी छिन् । विक्रमजंग शाह र मेलिना राईको स्वरको ‘टिलपिल टिलपिल...’ मार्फत सुपुष्मा म्युजिक भिडियोमा समेत प्रस्तुत भएकी छिन् । नारीप्रधान चलचित्रमा अभिनय गर्ने लक्ष्य लिएकी सुपुष्पाले एउटा चाहनाका बारेमा समेत आफ्नो धारणा व्यक्त गरेकी छिन् ।

उनी गीत गाउन पनि सिपालु छिन् । विद्यालयमै छँदा स्टेज कार्यक्रमहरूमा गीत गाइसकेकी सुपुष्पा अहिले गिटार वादनको प्रशिक्षण लिइरहेकी छिन् । निकट भविष्यमै उनी गायिकाका रूपमा समेत दर्शक तथा श्रोतामाझ आइरहेकी छिन् । ‘मैले कभर गीतमार्फत गायिकाको करियर प्रारम्भ गर्ने योजना बनाएकी छु,’ सुपुष्पाले अभिनय र गायनलाई समानान्तर रूपमा अघि बढाउन चाहेको समेत खुलासा गरेकी छिन् । 

 Image