Successfully Copied

टिसर्ट र जिन्स  मेरो रोजाइ

उनी खुल्ला पहिरन लगाएर हिँड्न रुचाउँछिन् । उनलाई साडी लगाउन पनि मनपर्छ । कार्यक्रम र विवाह समारोहमा उनी गाउन, साडी, कुर्ता–सुरुवाल, लेहेंगा लगाउँछिन् । पिंक, कालो एवं सेतो रंगका पहिरनहरू उनको रोजाइमा पर्छन् । 

मल्लिका महत / मोडल

पहिरन

उमेशराज श्रेष्ठको म्युजिक भिडियो फ्रोजन गाइजबाट मोडलिङमा डेब्यु गरेकी मोडल हुन्–मल्लिका महत । उनी आफूलाई सुहाउने र सजिलो हुने पहिरनलाई प्राथमिकता दिन्छिन् । महतलाई मनपर्ने पहिरन भनेको करप टिसर्ट र जिन्स हो । उनलाई टाइट पहिरन मन पर्दैन । उनी खुल्ला पहिरन लगाएर हिँड्न रुचाउँछिन् । उनलाई साडी लगाउन पनि मनपर्छ । कार्यक्रम र विवाह समारोहमा उनी गाउन, साडी, कुर्ता–सुरुवाल, लेहेंगा लगाउँछिन् । पिंक, कालो एवं सेतो रंगका पहिरनहरू उनको रोजाइमा पर्छन् । 

मेकअप र हेयर केयर 

मल्लिका भारी मेकअप गर्दिनन् । उनी गाजल र सनक्रिम भने लगाउन कहिल्यै छुटाउँदिनन् । समय र इभेन्टअनुसार मेकअप गर्न भने उनी पछि पर्दिनन् । उनको मेकअपमा कमप्याक्ट, फाउन्डेसन पनि हुन्छ । स्किन केयरमा उनले खासै ध्यान दिन्नन् । उनी सुत्ने बेलामा एलोबेराको जेल लगाउँछिन् । हेयर केयरमा पनि उनको खासै चासो छैन । उनी भन्छिन्–‘घरमै ओयल मसाजबाहेक केही गर्दिन ।’ 

एसेसरिज 

महतलाई एसेसरिज लगाउन मन पर्दैन भने घडी उनले छुटाउँदिनन् । उनी राशिअनुसारको औंठी लगाउँछिन् । विद्यालय स्तरमा उनको एसेसरिजप्रति निकै रुचि थियो । उनी इयररिङहरू कलेक्सन गर्थिन् । अहिले पनि उनीसँग पुराना इयररिङहरूको राम्रो कलेक्सन छ । 

फुटवेयर 

उनलाई स्पोर्ट सुज एकदमै सजिलो लाग्छ । उनी जिन्समा स्पोर्ट सुज लगाउँदा स्मार्ट देखिने अनुभव गर्छिन् । उनी जाडोमा बुटहरू लगाउँछिन् भने हाइहिल खासै लगाउँदिनन् । 

 Image