प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।
कुन्तीश्री थापा मगर, आर्टिस्ट
मेरो विश्वास : आफैप्रति
मेरो प्रेरणा : मेरा अभिभावक
मेरो आशा : मेरो मेहनत
मेरो करियर : प्रगतिशील
मेरो कर्म :आत्मविश्वास
मेरो समर्पण : पेसाप्रति
मेरो प्रेम : अनन्त
मेरो इच्छा : इमान्दारिता
मेरो आदर्श : परिवार
मेरो बलियो पक्ष : इच्छाशक्ति
मेरो आकांक्षा : कलामा साधना
मेरो घर : शान्तिको स्रोत
मेरो कमजोरी : कहिलेकाहीँ आफूलाई नै नचिन्ने
मेरो लत : रंगसँग खेल्ने
मेरो दृढता : कला
मेरो सोच : परिवर्तनशील
मेरी आमा : गुरु
मेरा श्रीमान् : बलियो आधार
मेरो परिवार : खुसी
मेरो भरोसा : परिश्रममा
मेरो जीवन : जीवन अत्यन्तै अमूल्य उपहार हो । यसलाई मैले जति राम्रोसँग उपभोग गर्न सक्छु त्यति नै मैले सुख–शान्ति महसुस गर्न सक्छु । यो आफूलाई सफल, सार्थक बनाउने मौका हो र म सोहीअनुरूप अघि बढिरहेकी छु ।