Successfully Copied

हिजाबभित्रको हीरा

महिला हिजाबभित्रै गुम्सिनुपर्ने बाध्यात्मक चुनौती चिर्दै संयुक्त अरब इमिरेट्स, युएई (दुबई) राजकुमारीको खुल्ला उड्ने साहसलाई अहिले विश्वले सलाम गरिरहेको छ । संयुक्त अरब इमिरेट्स (युएई) का उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मोख्तमकी जेठी छोरी शेख मैथा बिन्त मोहम्मद बिन रसिद अल

विभिन्न क्षेत्रमार्फत महिला स्वतन्त्रताको उद्घोष गर्ने योद्धाहरू संसारभर उतिबेलैदेखि सक्रिय देखिए पनि कतिपय त्यस्ता कट्टर मुलुक जहाँ अझैसम्म पनि महिला स्वतन्त्रतालाई उत्ताउलोको संज्ञा दिने गरिन्छ । विशेषगरी कट्टर मुस्लिम मुलुकमा महिलाका लागि स्वतन्त्रता परको कुरा हो । राजनीतिक, आर्थिक, सामाजिक आदि क्षेत्रमा महिला सहभागिताका दृष्टिकोणले पनि यी मुलुकमा कम संख्या नै देखिन्छ ।

महिला हिजाबभित्रै गुम्सिनुपर्ने बाध्यात्मक चुनौती चिर्दै संयुक्त अरब इमिरेट्स, युएई (दुबई) राजकुमारीको खुल्ला उड्ने साहसलाई अहिले विश्वले सलाम गरिरहेको छ । संयुक्त अरब इमिरेट्स (युएई) का उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मोख्तमकी जेठी छोरी शेख मैथा बिन्त मोहम्मद बिन रसिद अल मख्तम सधैं चर्चामा रहिन् ।

उनको उक्त चर्चा राजपरिवारको सदस्यताका नाताले प्राप्त भएको भने होइन । खेलकुद क्षेत्रमा उनले प्राप्त गरेको सफलतासँगै उनको सुन्दरताले पनि चर्चा चुलिएको विश्लेषकहरू विश्लेषण गर्छन् । संयुक्त अरब इमिरेट्सभित्रका सात मुलुकबाटै खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय स्वर्ण, कांस्य र रजत तीनैवटा पद जित्ने प्रथम महिलामा दरिनु मुस्लिम महिलाका लागि चानचुने कुरा होइन जुन मैथाले प्राप्त गरिसकेकी छिन् ।

उनले एसियन गेममा कराँते स्पर्धाका लागि स्वर्ण तथा रजत पदक प्राप्त गरेकी थिइन् । त्यसबाहेक उनले संयुक्त अरब इमिरेट्समा भर्खरै सम्पन्न राइडिङ पोलो प्रतिस्पर्धामा समेत बलियो जित हात पार्न सफल भइन् । बीसौं शताब्दीको अन्त्यसम्म पनि अरब मुलुकमा महिलालाई कुनै पनि खेलमा भाग लिनबाट वञ्चित गरिन्थ्यो ।

कराँते, मार्सल आर्ट, तेक्वान्दो त परको कुरा । तर मैथाले यिनै विधामा आफूलाई अब्बल बनाउँदै लगिन् । सन् २००० मा जब संयुक्त अरब इमिरेट्सको कराँते फेडरेसनले यसभित्र महिला सहभागितालाई नरोक्ने निर्णय गर्‍यो तब मैथाको भित्री क्षमता प्रस्फुटन हुने अवसर प्राप्त भयो । जुन उनका लागि केही 

 Image