कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै
दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

विगत एक दशकदेखि समाजसेवामा समर्पित नायिका जयन्ती मोक्तानद्वारा अभिनीत चलचित्र किन म ? टोरन्टो फिल्म फेस्टिबलको अन्तिम छनोटमा परेको छ । नेपाली समाजभित्रै एक समस्याका रूपमा रहेको सडक बालबालिकाको कथामा आधारित चलचित्र किन म ? ले मुलुकका विभिन्न स्थानमा च्यारिटी शो गरी त्यसबाट संकलित रकम सडक बालिकामा खर्चिइसकेको छ ।
जयन्ती भन्छिन्–‘मानव जीवन लिएर यस धर्तीमा जन्मिएपछि अरूका लागि केही गर्न सक्नु नै धर्म हो भन्ने कुरा मैले बुझें ।’ अन्य थुप्रै चलचित्रबाट प्रस्ताव आए पनि आफ्नो मनले खाएको कथावस्तु भएकाले अन्यलाई थाती राखी यो चलचित्र रोजेको जयन्ती बताउँछिन् । गरिब परिवारका अनाथ बालबालिका बाध्यताले सहरको सडकमा आएर पढ्न नपाएको व्यथालाई चलचित्रको मूल कथावस्तु बनाइएको छ ।
‘सामाजिक समस्यामै आधारित कथावस्तु भएकाले यो चलचित्रको निर्माण सहयोग गर्ने उद्देश्यले गरिएको हो र चलचित्रबाट जति रकम उठ्छ सबै सडक बालबालिकाको शिक्षामा लगानी गरिनेछ ।’ मोक्तान भन्छिन्–‘मैले विगतमा गरेका जति पनि रंगमञ्च अभिनय, चलचित्र अभिनय, र्याम्प शो वा अरु कुनैले भन्दा मलाई यो चलचित्रको कामले बढी सन्तुष्टि मिलेको छ ।’ जयन्ती समाजसेवी एवं कलाकारका साथै मोडल पनि हुन् ।