अहिलेको आर्थिक मन्दीले जताततै असर
महिलाले घरपरिवार, समाज र व्यावसाय दुवै हेर्नुपर्ने र सन्तुलनमा राख्नुपर्ने भएकाले सहज छैन तर यसका बावजुद पनि अवसर नभएका होइनन् । आत्मनिर्भर हुन, एक्सपोजर पाउन, विदेशी संस्कृतिबारे थाहा पाउन यसले सघाएको पनि छ ।
सार्वजनिक बसमा सवार महिला यात्रुलाई अभद्र व्यवहार गरेको अभियोगमा बा २ ख ९३२४ नम्बरको बस चालक उदयपुर कटारी घर भएका भक्तपुर सानोठिमी बस्ने २५ वर्षीय मिलन दाहाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सो बसमा लगनखेलबाट न्यूरोडतर्फ एक्लो यात्रु भई जाँदै गरेकी महिलालाई दाहालले बसभित्रै उनको मोबाइल समेत नियन्त्रणमा लिई अभद्र व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं ढल्कुबाट दाहाललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।