हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
नेपाली सुगम संगीतमा आफ्नो पहिचान बनाउान संघर्षरत गायिका हुन्– बिना भट्टराई । लामो समयदेखि संगीत साधनामा लागेकी उनले भनेजस्तो फड्को मार्न भने सकेकी छैनन् । उती साह्रो चर्चामा नआएपनि उनको स्वरका प्रशंसक प्रसस्त भेटिन्छन् ।
गायिका भट्टराईको यहि स्वर यति बेला बजारमा गुञ्जि रहेको छ । ‘भयो हतार’ बोलको गीतमा बिनासँगै रबि ओड पनि सुनिन्छन् । उनीहरुको युगल गायन रहेको एक गीत हालसालै सार्वजनिक भएको छ ।
नृपेश उप्रेतीले लेखेको उक्त गीतमा रबि मल्लले संगीत भरेका छन् । गीतमा दृष्टि पौडेलको संगीत संयोजन सुन्न सकिन्छ ।
गीतको म्यूजिक भिडियोमा भने अभिनेत्री वर्षा राउत र स्रवण न्यौपानेले अभिनय गरेका छन् ।
गीतको म्यूजिक भिडियो :