Successfully Copied

मुटु रोगीका लागि  उपयुक्त आहार

मानिसको महत्वपूर्ण अंग मुटुले विभिन्न अंगहरूमा स्वस्थ रगत संचार गर्छ । शरीरका विभिन्न अंगहरूलाई आवश्यक पोषणतत्व रगत र अक्सिजनको माध्यमबाट प्रवाह हुन्छ ।      

मानिसको महत्वपूर्ण अंग मुटुले विभिन्न अंगहरूमा स्वस्थ रगत संचार गर्छ । शरीरका विभिन्न अंगहरूलाई आवश्यक पोषणतत्व रगत र अक्सिजनको माध्यमबाट प्रवाह हुन्छ । 

    

पौष्टिक आहार स्वस्थ जीवनका लागि महत्वपूर्ण हुन्छ । दैनिक थालीमा सबै पोषणतत्वको सन्तुलन बनाएर प्रयोग गर्न सके आधाभन्दा बढी रोग नियन्त्रण गर्न सकिन्छ । अव्यवस्थित खानपान, धूम्रपान, मोटोपन, शारीरिक आलस्यता आदि कारणले विश्वमा लाखौं मानिसको मृत्यु हुन्छ । मानिसको महत्वपूर्ण अंग मुटुले विभिन्न अंगहरूमा स्वस्थ रगत संचार गर्छ । शरीरका विभिन्न अंगहरूलाई आवश्यक पोषणतत्व रगत र अक्सिजनको माध्यमबाट प्रवाह हुन्छ । मुटु अस्वस्थ भए शरीरको आवश्यकतानुसार रक्तसंचार कम हुनसक्छ र ह्दयाघात, कोरोनरी मुटु रोगबाट ग्रसित हुने सम्भावना बढ्छ । अहिले मुटु रोगीको संख्या बढ्दै गएको हुनाले मुटुलाई स्वस्थ राख्न आफ्नो दैनिक थालीमा अन्न, सागसब्जी, फलफूल, बदाम, लसुन, दालचिनी, मरिचको धूलो तथा कम चिल्लो समावेश हुनुपर्छ । 

    पालक, ब्रोकाउली, तोरीको साग, बन्दाकोभी आदि हरियो तरकारीमा भिटामिन, मिनरल तथा एन्टिअक्सिडेन्टको मात्रा बढी हुनाले रक्तचाप, मधुमेह र मुटुका बिरामीहरूका लागि फाइदाजनक हुन्छ । दैनिक २–३ गिलाससम्म पाकेको सागसब्जीलाई आफ्नो थालीमा समावेश गर्न सके मुटु रोग हुने सम्भावना १६ प्रतिशतले कम हुने वैज्ञानिक तथ्यले देखाएको छ । 

    सम्पूर्ण अन्नजस्तै गहँु, कोदो, मकै, चामल, फापरमा बढी फाइबर हुने भएकाले दैनिक ३–४ पटकसम्म खानामा समावेश गरे स्ट्रोक २२ प्रतिशतले कम हुन्छ । 

    पोटासियम बढी भएका फलफूलजस्तै एभोकाडो, स्याउ, केरा, बेरी नियमित १–२ वटा खाँदा उच्च रक्तचाप घट्छ र १५ प्रतिशतले मुटु रोगको जोखिमबाट बच्न सकिन्छ । 

    सोडियम कम भएका खानेकुरा र कम चिल्लो भएको खाद्यवस्तु थालीमा समावेश गर्दा मुटु स्वस्थ रहन्छ । तारेका खानेकुरामा ट्रान्स फ्याट बढी हुने भएकाले मुटु रोगको जोखिम बढ्छ । 

    ७० प्रतिशत कोका भएको डार्क चकलेट हप्तामा ४ पटक खाएमा ५७ प्रतिशतले कोरोनरी आर्टरी रोग नियन्त्रण हुन्छ ।

    फाइबर, कपर, म्याग्नेसियम र ओमेगा फ्याटी एसिडयुक्त ओखर, बदाम दैनिक एकमुठी खाँदा मुटुसम्बन्धी कुनै समस्याबाट ग्रसित हुनुपर्दैन । 

    धूम्रपान मुटु रोगको प्रमुख कारक भएकाले धूम्रपान त्याग्नुपर्छ । 

    हरेक घरमा प्रयोग हुने तेलमा मोनोअनसेचुरेटेड र पोलीअनस्याचुरेटेड फ्याटी एसिडको १:१ को मात्रामा प्रयोग गरे मुटुका लागि फाइदाजनक हुन्छ । सूर्यमुखी, तोरी तथा भटमासको तेल हरेक हप्ता परिवर्तन गरेर प्रयोग गर्दा पोलीअनस्याचुरेटेड तथा मोनोअनसेचुरेटेडको मात्रा बराबरी हुन्छ । एकपटक पकाएर बढी भएको तेल पुन: प्रयोग गर्नु हँुदैन ।

 

 Image