Successfully Copied

डिप्रेसनका लागि योग

डिप्रेसनमा भएका मानिसका लागि प्राणायाम सबैभन्दा महत्वपूर्ण हुन्छ । प्राणायाममा लामो र गहिरो श्वास लिनु र छोड्नुपर्छ । यसैगरी नाडी शोधन विधि पनि महत्वपूर्ण विधि हो । 

डिप्रेसनमा भएका मानिसका लागि प्राणायाम सबैभन्दा महत्वपूर्ण हुन्छ । प्राणायाममा लामो र गहिरो श्वास लिनु र छोड्नुपर्छ । यसैगरी नाडी शोधन विधि पनि महत्वपूर्ण विधि हो । 

 

डिप्रेसन मानसिक समस्या हो । मानसिक रूपमा अस्वस्थ रहनु डिप्रेसन हो । अतीतमा घटेका दु:खद् घटनाका कारण, पारिवारिक समस्याका कारण, कामको भार, बढी सोचाइ, गलत रहनसहन तथा गलत खानपानका कारण पनि डिप्रेसन हुनसक्छ । जुनसुकै उमेरका मानिस पनि डिप्रेसनमा जान सक्छन् । 

लक्षण : विनाकारण दु:खी महसुस गर्नु, रमाउन वा खेल्न मन नपराउनु, शंका गर्नु । भोक तथा निद्रा नलाग्नु, एकांकीपन महसुस हुनु आदि । 

उपयुक्त योग 

डिप्रेसनको लक्षण देखा पर्नासाथ योगासन, प्राणायाम, ध्यान गर्नुपर्छ । यसो गर्दा डिप्रेसनबाट मुक्त भई स्वस्थ जीवन जिउन सकिन्छ । 

योगका आसन 

मार्जरी आसन, शशांक आसन, अधोमुख श्वानासन आदि शिर निहुराएर गरिने आसन गर्नु प्रभावकारी हुन्छ । यसले मस्तिष्कसम्म संचार हुन जान्छ र मस्तिष्कमा पर्याप्त मात्रामा अक्सिजन पुग्न गई मस्तिष्क क्रियाशील हुन जान्छ । डिप्रेसनमा भएका मानिसका लागि प्राणायाम सबैभन्दा महत्वपूर्ण हुन्छ ।

प्राणायाममा लामो र गहिरो श्वास लिनु र छोड्नुपर्छ । यसैगरी नाडी शोधन विधि पनि महत्वपूर्ण विधि हो । यो विधिले बिरामीको शरीरका कोष–कोषमा अक्सिजन भरिदिनुका साथै मस्तिष्कसम्म अक्सिजन पुग्छ । बिरामीको डोपोमिन हर्मोनलाई क्रियाशील बनाई उमङ्ग, खुसी र आनन्दमा लगिदिन्छ ।

शारीरिक, मानसिक र भावनात्मक सन्तुलत बनाइदिन्छ । यो प्राणायाम नियमित रूपमा २० देखि २५ मिनेटसम्म गर्नुपर्छ । ध्यान सहज आसनमा बसेर गर्नुपर्छ र नाभिदेखि लामो श्वास लिँदै लामो श्वास छोड्नुपर्छ । यसो गर्दा आत्मबल, आत्मविश्वास, आँट एवं हिम्मत बढेर सामान्य जीवन जिउन सकिन्छ । ध्यान दिनहुँ १० देखि २० मिनेटसम्म गर्नुपर्छ ।

ध्यान पुर्‍याउनुपर्ने कुरा 

    डिप्रेसनको लक्षण देखापरे चिकित्सकको सल्लाह लिनुपर्छ । 

     औषधि सेवन गरेको भए पनि योग–प्राणायाम गर्नासाथ छोड्नुहुँदैन ।

    बिरामीले आफूलाई अन्य काममा पनि व्यस्त राख्नुपर्छ ।

    खानपान तथा जीवनशैली परिवर्तन गर्नुपर्छ ।

    योग, ध्यान एवं प्राणायामलाई निरन्तरता दिनुपर्छ ।

लाभदायक सागपात 

क्लोरोफिल सबै किसिमका हरिया पात भएका सागपातमा पाइन्छ । यसको प्रयोग कलेजो तथा छालाको क्यान्सर तथा ठूलो आन्द्राको उपचारमा प्रयोग हुन्छ । यसले शरीरका अंगहरूको सुरक्षात्मक काम गर्छ । 

डाइटिसियन सुशीला देवी शर्माका अनुसार हरिया सागपातमा सिनारिक फिनोलिक एसिड पाइन्छ । यसमा भएको रसायनले पाचनलाई उत्तेजित गर्छ । कलेजोलाई बचाउँछ र ट्राइग्लिसोरिड कोलस्टेरोल घटाउँछ । 

हरिया सागपातमा भिटामिन बी, सी, ए बिटा क्यारोटिन, क्याल्सियम, पोटासियम, रेसा तथा मिनरलको मात्रा प्रशस्त पाइन्छ ।

पूर्व बैंकर्स तथा योग शिक्षक, जीवन विज्ञान

 Image