होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।
डा. अर्चना शाक्य
स्त्रीरोग तथा निःसन्तानपन विशेषज्ञ, हार्दिक आइभीएफ एण्ड फर्टिलिटी सेन्टर
नेपालमा प्रजनन स्वास्थ्यको अवस्था कस्तो छ ?
पहिलेको तुलनामा प्रजनन क्षमता दर कम छ । निःसन्तानपन भएर आउनेको संख्या बढेको छ । करिअरका कारण ढिलो विवाह गर्ने, अण्डाको भण्डार कम हुने कारण यो समस्या बढेको हो भन्ने लाग्छ । पुरुषको हकमा वैदेशिक रोजगारमा जाने लहड बढेकाले पनि यो भएको हुनसक्छ ।
आइभीएफ सेवा कत्तिको सुरक्षित र भरपर्दो छ ?
आइभीएफ अन्तिम विकल्पजस्तै हो । अन्य सबै प्रयास गरेर भएन भने प्रायः आइभीएफका लागि आउँछन् । नली नै बन्द छ भने त अर्कै कुरा हो । जुनसुकै प्रकृयामा थोरै जटिलता हुन्छन् तर आइभीएफमा त्यस्तो धेरै जोखिम छैन । यो सेवालाई अहिलेसम्म भरपर्दो नै मानिएको छ ।
आइभीएफ गर्नेहरूको सफलता दर कस्तो छ ?
सफलता दर शतप्रतिशत नै हुन्छ भन्नु गलत हो । विश्वव्यापी रूपमा हेर्दा ३० देखि ४० प्रतिशत सफलता दर भनिन्छ । हाम्रो सेन्टरको कुरा गर्नुपर्दा ६० देखि ७० प्रतिशत सफलता दर छ ।
कति उमेरकाले आइभीएफद्वारा सन्तान जन्माउन सक्छन् ?
आइभीएफ प्रविधिका कारण महिनावारी सुकिसकेकाले पनि सन्तान जन्माउन सफल भएका छन् । तर धेरै ढिलो उमेरका कारण पनि जोखिम आउनसक्छ । ५० देखि ५५ को उमेरसम्म आइभीएफद्वारा बच्चा जन्माउन सकिन्छ ।
प्राकृतिक रूपमा जन्मिएका र आइभीएफद्वारा जन्मिएका शिशुमा के फरक हुन्छ ?
खासै फरक हुँदैन । आइभीएफपछि जन्मिएका बच्चामा केही कमजोरी हुन्छन् कि भन्ने आम सोच छ तर त्यस्तो होइन, यो गलत हो । अहिलेका आइभीएफद्वारा जन्मिएका बच्चा अझ स्मार्ट र सक्रिय देखिएका छन् ।