Successfully Copied

५ मिनेटको योगाल फिट रहन सघाउछ 

म सक्रिय हुन रुचाउँछु । हिँडडुल गरिरहन्छु । त्यसबाहेक म्युजिक बजाएर आफूलाई वार्मअप गर्छु । मैले नियमित रूपमा गर्ने ५ मिनेटको योगाले मलाई फिट रहन सघाएको छ । 

फेसन डिजाइनर सृष्टि अधिकारी पृथक् विचार राख्ने युवतीमा पर्छिन् । उनका सबै साथी डिजाइनिङ पढेर विदेश जाने ध्याउन्नमा छन् तर यी २२ वर्षीया अधिकारी नेपालमै नयाँ ब्रान्ड स्थापना गरी आफ्नो तहबाट नेपाली युवालाई स्वदेशमै रमाउन प्रोत्साहित गर्ने योजनामा छिन् । आइइसी कलेज अफ आर्ट एन्ड फेसनबाट फेसन डिजाइनिङमा स्नातक सृष्टिको सम्भावनाका दृष्टिकोणले नेपाल उपयुक्त स्थान हो भन्ने ठम्याइ छ ।

जाडोबाट बच्न के गर्नुहुन्छ ? 

न्यानो भएर हिँड्छु । तातो प्रदान गर्ने झोलिला खानेकुरा र न्याना पहिरनले जाडोबाट जोगाउँछन् । 

जाडोमा फिट रहन के गर्नुहुन्छ ? 

म सक्रिय हुन रुचाउँछु । हिँडडुल गरिरहन्छु । त्यसबाहेक म्युजिक बजाएर आफूलाई वार्मअप गर्छु । मैले नियमित रूपमा गर्ने ५ मिनेटको योगाले मलाई फिट रहन सघाएको छ । 

जाडोमा कस्तो पहिरन लगाउँदा स्मार्ट महसुस गर्नुहुन्छ ?

सजिलो तर विन्टर–ग्ल्यामरस लुक्स आउने पहिरनमा म आफूलाई सहज र स्मार्ट महसुस गर्छु । मलाई विशेषत: लेयरिङ पहिरन मनपर्छन् । जति लेयरिङ भयो उति नै जाडोमा न्यानो हुने हो । जाडोमा जति न्यानो भएर हिँड्यो उति कन्फिडेन्ट फिल हुन्छ । 

जाडोको फुटवेयर ?

ट्रेन्ड कोटसँग बुट लगाउन मनपर्छ । यसैसँग फर ज्याकेट, हाइनेक, स्क्राफ पनि लगाउँछु । 

जाडोमा कस्तो खाना खानुहुन्छ ? 

तातो दाल, गेडागुडीको रस, सुप, चिया, झोल मम यो मौसमका मनपर्ने खाना हुन् । 

जाडो मौसम कस्तो लाग्छ ? 

जाडो मलाई मनपर्ने मौसम हो । यतिबेला जे लगाए पनि आत्मविश्वासका साथ क्यारी गर्न सकिन्छ । जाडोमा खानेकुरामा रुचि पनि बढी नै हुन्छ । 

 Image