दरबारिया पुस्तकालयले जुराएको जोडी
रूपालाई भेट गराउनुअघि नै सचेत गराइएको थियो–यदि केटाले हात समात्यो भने, फिजिकल टच गर्न खोज्यो भने, किस खान खोज्यो भने तत्काल रिजेक्ट गर्नू । तर त्यो सब केही भएन ।
विश्वमा प्रत्येक वर्ष लगभग १ करोड बालबालिकाको मृत्यु निमोनिया, झाडापखाला, दादुरा, मलेरिया, एड्स तथा कुपोषणजस्ता रोगहरूबाट हुन्छ । एक तथ्यांकअनुसार संसारभर करिब १६ लाख बालबालिकाको निमोनियाबाट मात्र मृत्यु भएको देखिन्छ । निमोनियाले प्रतिवर्ष १५ करोड ५० लाख बालबालिका बिरामी पर्छन् । निमोनिया नै ५ वर्षमुनिका बालबालिकाहरूको मृत्युको प्रमुख कारण हो ।
५ वर्षमुनिका बालबालिकाको मृत्युमध्ये १५ प्रतिशत मृत्यु निमोनियाका कारणले मात्र हुन्छ । सन् २०१७ मा विश्वभरमा ८ लाख बालबालिकाको मृत्यु निमोनियाकै कारणले भएको छ । उपयुक्त कदम नचालेमा यो रोगको कारणले सन् २०३० सम्ममा विश्वभरि १ करोड १० लाख बालबालिकाको मृत्यु हुने अनुमान गरिएको छ ।