‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
विश्वमा प्रत्येक वर्ष लगभग १ करोड बालबालिकाको मृत्यु निमोनिया, झाडापखाला, दादुरा, मलेरिया, एड्स तथा कुपोषणजस्ता रोगहरूबाट हुन्छ । एक तथ्यांकअनुसार संसारभर करिब १६ लाख बालबालिकाको निमोनियाबाट मात्र मृत्यु भएको देखिन्छ । निमोनियाले प्रतिवर्ष १५ करोड ५० लाख बालबालिका बिरामी पर्छन् । निमोनिया नै ५ वर्षमुनिका बालबालिकाहरूको मृत्युको प्रमुख कारण हो ।
५ वर्षमुनिका बालबालिकाको मृत्युमध्ये १५ प्रतिशत मृत्यु निमोनियाका कारणले मात्र हुन्छ । सन् २०१७ मा विश्वभरमा ८ लाख बालबालिकाको मृत्यु निमोनियाकै कारणले भएको छ । उपयुक्त कदम नचालेमा यो रोगको कारणले सन् २०३० सम्ममा विश्वभरि १ करोड १० लाख बालबालिकाको मृत्यु हुने अनुमान गरिएको छ ।