अन्तिम प्रतिस्पर्धामा २० युवती

नारी संवाददाता

पुस १४, २०७६

‘आइसी डिजाइनर रनवे’का लागि २० मोडल छानिएका छन् । अडिसनबाट छानिएका मोडल आगामी चैत्र ८ गते होटल हायात रिजेन्सीमा आयोजना हुने ‘आइसी डिजाइनर रनवे’ नामक फेसन सोमा ऱ्याम्पमा प्रस्तुत हुनेछन् । 

आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला, कर्मसियल फोटोग्राफर राजभाई सुवाल, पुर्व मिस नेपाल उषा खड्गी, मोडल अभिनेत्री श्रृजना रेग्मी निर्णायक रहेको अडिसनमा ११२ मोडलको सहभागिता रहेको थियो ।

भारतीय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोरले प्रशिक्षण सहित अहिलेसम्मकै फरक तरिकाले  उनीहअरुलाई ऱ्याम्पमा उतार्नेछन् । 

२३ मोडलको सहभागीता रहने फेसन शोको म्यानेजमेन्ट जिम्बेवारी नेक्स्ट मोडल्स नेपालले लिएको छ । शोमा मोडलले ३४ डिजाइनरले तयार पारेका पहिरनका आकर्षक डिजाइनर ऱ्याम्पमा प्रस्तुत गर्नेछन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>