Successfully Copied

घरपालुवा  खरायोको हेरचाह

खरायो एउटा आकर्षक जनावर हो । खरायोलाई खासगरी बालबालिकासँग एकदमै मिल्ने साथीका रूपमा लिइन्छ र प्राय: घरमा बालबालिकाहरूकै आग्रहमा खरायो पालिएको हुन्छ । यसरी बालबालिकाहरूका लागि पालिएको खरायोलाई कसरी स्वस्थ राख्न सकिन्छ र यसबाट हामीलाई के–कस्ता स्वास्थ्य समस्या हुन सक्छन्, सचेत हुनु आवश्यक छ । 

खरायो एउटा आकर्षक जनावर हो । खरायोलाई खासगरी बालबालिकासँग एकदमै मिल्ने साथीका रूपमा लिइन्छ र प्राय: घरमा बालबालिकाहरूकै आग्रहमा खरायो पालिएको हुन्छ । यसरी बालबालिकाहरूका लागि पालिएको खरायोलाई कसरी स्वस्थ राख्न सकिन्छ र यसबाट हामीलाई के–कस्ता स्वास्थ्य समस्या हुन सक्छन्, सचेत हुनु आवश्यक छ । 

प्राय: खरायो ६ देखि ८ वर्ष बाँच्छन् भने ६ महिनामा उनीहरू वयस्क हुन्छन् र २८ दिनमै बच्चा जन्माउँछन् । खरायोले एकपटकमा सरदर ४ देखि १४ वटासम्म बच्चा जन्माउँछ । यही नै घरपालुवा खरायोको प्रमुख समस्या हो । छिटोछिटो र थुपै्र सन्तान उत्पादनले अनेकौं समस्या निम्त्याउँछ । त्यसकारण कम्तीमा भाले खरायोको पहिचान गरी ६ महिना पुग्नलाग्दा बन्ध्याकरण गराउनु उपयुक्त हुन्छ । यसले गर्दा खरायोको व्यवहारमा परिवर्तन आउँछ ।

खरायोको खानपिन    

खरायोले प्राय: हरियो सागपात, तरकारी तथा फलफूल खान रुचाउँछ । खरायोले प्राय: कलिलो घाँस मन पराउँछ । 

खरायोमा लाग्न सक्ने रोग दाँतको समस्या

खरायो एउटा यस्तो जनावर हो जसको दाँत जीवनभर बढिरहन्छ । फाइबरको कमी हुँदा दाँत बढेर चुच्चो हुनपुग्छ र गिजा एवं जिब्रोलाई हानि पुर्‍याउँछ । त्यसकारण खरायोको भोजनमा ८०–९० प्रतिशत घाँसका रूपमा फाइबर आवश्यक हुन्छ ।

स्नफल्स (पास्चरेलोसिस)

यो ब्याक्टेरिया रोगी खरायोबाट सर्नसक्छ जसमा आँखा, नाक, कानमा समस्या सिर्जना हुन्छ, शरीरमा गिर्खा आउन सक्छ भने गर्भाशयको संक्रमणसमेत हुनसक्छ । यसमा एन्टिबायोटिक नै प्रयोग गर्नुपर्ने हुन्छ ।

हेयर वाल (ट्राएकोवेजोरस)

खरायोले आफ्नो शरीर सफा राख्न शरीर चाट्छ । त्यसकारण उसको रौं बिस्तारै पेटमा पर्खालको आकारमा जम्मा हुन्छ । खरायोले बान्ता गर्न नसक्ने भएकाले उक्त हेयर वाल (पर्खाल) बाहिर निस्कन सक्दैन । यो समस्या कम गर्न उसलाई पर्याप्त फाइबरयुक्त खानेकुरा ख्वाउनुपर्छ ।

गर्भाशयको ट्युमर

गर्भाशयको ट्युमर तथा क्यान्सरबाट जोगिन ४ देखि ६ महिनामा घरपालुवाको बन्ध्याकरण गर्नुपर्छ । 

खरायोबाट मानिसमा सर्ने रोग

खरायो एउटा सफा जनावर हो र यसबाट कमै मात्र रोग मानिसमा सर्ने सम्भावना हुन्छ । कहिलेकाहीँ छालासम्बन्धी केही समस्या मानिसमा सर्न सक्छ । त्यसकारण आफ्नो घरपालुवा खरायोलाई पशुचिकित्सकको सल्लाहमा स्वस्थ राखौं तथा आफू पनि स्वस्थ रहौं ।

 

 Image