महिला बचतप्रति सजग भएका छन्
पछिल्लो समय नारीहरू आत्मनिर्भर हुँदै गएका छन् । बचत गर्नेप्रति उनीहरू सजग भएका छन् । आत्मनिर्भर भई आफैंले कमाएर बचत गरौं भन्ने सोचको विकास उनीहरूमा भइसकेको छ ।
‘मिस्टर नेपाल–२०१९’को अन्तिम स्पर्धा पुस १० गते बिहीबार राजधानीको होटल अन्नपूर्णमा हुने भएको छ । बिभिन्न चरणबाट छानिएका अन्तिम २२ प्रतियोगी फाइनलमा शीर्ष उपाधिका लागि भिड्दै छन् ।
आइतबार हिमालयन इन्टरनेशनल ह्वाइट हाउस कलेज सिंहदरबारमा प्रतियोगिताको ट्यालेन्ट, प्रि…जजमेन्ट र फिजिक्स राउण्ड आयोजना भएको थियो ।
उक्त अवसरमा सबै प्रतियोगीताले लोक तथा आधुनिक गीतमा नृत्य, गायन, अभिनय, वक्तृत्वकला, उद्घोषणलगायत प्रतिभा देखाएका थिए ।
काठमाडौं, पोखरा, बिराटनगर, चितवन, धरानलगायत सहरबाट छानिएका प्रतियोगीहरु छनोट भएको थिए । प्रतियोगिताको अन्तिम तयारी पूरा भएको एक्सपोज नेपाल डटकमकी सीईयो अर्चना थापाले जानकारी दिइन् ।
प्रतियोगीतामा शीर्ष उपाधि मिस्टर वल्र्ड नेपालसहित मिस्टर नेपाल युनिभर्सल एबेसडर, मिस्टर नेपाल म्यान अफ द इयर, मिस्टर नेपाल मेन इन्टरनेशनल, मिस्टर नेपाल मेन एटिच्युट, एक्सपोज नेपाल युथ एम्बेसडर, एक्सपोज नेपाल स्पोड एम्बेसडर, एक्पोज नेपाल टुरिजम एम्बेसडर, सोसल मिडिया स्टार, एसएमएस स्टार, पब्लिक च्वाइ, बेष्ट फिजिक्स, बेष्ट मोडल, फोटोजेनिक, मस्ट ट्यालेनट र स्पोट विधामा बिजेता छानिने छ ।
विजेताले शीर्ष उपाधिका अलवा नगदसहित विभिन्न उपहार र अवसर प्राप्त गर्न सक्नेछन् ।