Successfully Copied

कान्छी प्रधानमन्त्री बोल्ड एन्ड ब्युटी

आफ्नो विजयलगत्तै सनाले भनेकी छिन्–‘मैले आफ्नो लिङ्ग र उमेरका बारेमा कहिल्यै सोचिन र अहिले पनि सोचिरहेकी छैन । मेरो दिमागमा अहिले ती कुराहरू छन् जसको विश्वासले म यहाँसम्म पुग्न सफल भएँ । मैले अहिले प्राथमिकताका साथ सोचिरहेको कुरा भनेको पार्टी र मतदाताहरूको भरोसा मात्रै हो ।

विश्वास पुनर्निर्माणका लागि गर्नुपर्ने थुप्रै काम बाँकी नै छन् ।’ फिनल्यान्डकी नवनिर्वाचित प्रधानमन्त्री सना मरिनको प्रधानमन्त्री घोषणापछिको पहिलो अन्तर्वार्ताका क्रममा पत्रकारहरूसँगको अन्तरक्रियालाई रोयटर्सले यसरी उद्धृत गरेको छ । ३४ वर्षको उमेरमा सम्भवत: संसारकै प्रथम युवा प्रधानमन्त्री बन्न सफल सना यसअघि फिनल्यान्डकी यातायात तथा सञ्चार मन्त्री थिइन् । गत अप्रिलको चुनावका लागि सोसल डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवारी मनोनयनमा परेकी उनी फिनल्यान्डमा सशक्त, बोल्ड एन्ड ब्युटिफुल नेतृका रूपमा चर्चित छिन् । 

विकसित मुलुकको सूचीमा दरिएको फिनल्यान्डमा विकासका लागि भन्दा पनि जनविश्वासका लागि अगाडि कदम चाल्नुपर्ने सनाको धारणा अहिले चर्चामा छ । पाँच सदस्यीय गठबन्धन सरकारमा सोसल 

डेमोक्र्याटिक पार्टी अग्रस्थानमा थियो । फिनल्यान्ड सरकारको उच्चपदस्थ तहमा पुग्ने मरिन तेस्रो महिला नेतृ हुन् । यसअघि फिनल्यान्डमा दुई महिला प्रधानमन्त्री भइसकेका छन्, यद्यपि उमेरका हिसाबले भने उनी पहिलो हुन् । सन् १९८५ मा जन्मिएकी मरिनले २७ वर्षको उमेरमा आफ्नो औद्योगिक गृहनगर टम्पारे सहरको नगरपरिषद् प्रमुख भएदेखि फिनिस राजनीतिमा गति लिन थालेकी हुन् ।

सन् २०१५ मा फिनल्यान्ड संसद् सदस्यमा निर्वाचित भएपछि उनी सक्रिय राजनीतिमा होमिइन् । सन् २०१९ जूनसम्म उनले फिनल्यान्डको यातायात तथा सञ्चारमन्त्रीको पदभार सम्हालिरहेकी थिइन् । एक सन्तानकी आमा मरिन फिनल्यान्डको हेलसिन्कीमा जन्मिएर युनिभर्सिटी अफ टम्पारेबाट प्रशासनिक विज्ञानमा स्नातकोत्तर छिन् । 

गत अप्रिल महिनामा सम्पन्न चुनावमा सोसल डेमोक्र्याटिक पार्टी सर्वोत्कृष्ट पार्टीका रूपमा उभिएपछि उसले आफ्नो पार्टीको तर्फबाट कुनै एकलाई प्रधानमन्त्रीको पदमा नियुक्त गर्न पाउने प्रावधानअनुरूप सनालाई उक्त पदको उम्मेदवारका रूपमा पठाएको थियो । फिनल्यान्डका पूर्वप्रधानमन्त्री एन्टी रानेले राजीनामा दिएपछि गठबन्धनको एक पार्टीले डाक हड्ताल सुरु गर्‍यो । जब रानेमाथिको विश्वास हराउँदै गयो तब पार्टी नेतृत्वको बीचमा साँघुरो भोटले सना विजयी हुन पुगिन् ।

आफ्नो विजयलगत्तै सनाले भनेकी छिन्–‘मैले आफ्नो लिङ्ग र उमेरका बारेमा कहिल्यै सोचिन र अहिले पनि सोचिरहेकी छैन । मेरो दिमागमा अहिले ती कुराहरू छन् जसको विश्वासले म यहाँसम्म पुग्न सफल भएँ । मैले अहिले प्राथमिकताका साथ सोचिरहेको कुरा भनेको पार्टी र मतदाताहरूको भरोसा मात्रै हो । जुन विश्वासलाई म कदापि मर्न दिन्न ।’ 

फिनल्यान्डको नम्बर वान पत्रिका हेलसिंगिनका अनुसार फिनल्यान्डको गठबन्धन सरकारमा रहेका अन्य चार पार्टीका तर्फबाट पनि महिला नेतृहरूले नेतृत्व गरिरहेका छन् ।

बाय एलायन्सको नेतृत्व लि एन्डरसन, ग्रिन लिगको नेतृत्वमा मारिया ओहिसोलो, सेन्टर पार्टीबाट कात्री कुलमुनी र स्विडेनी जनता पार्टी प्रमुखका रूपमा अन्ना–माजा हेनरिकसन रहेका छन् । त्यहाँको अर्को अखबार इल्टा–सानोमातले मरिनलाई संसारकै कलिलो प्रधानमन्त्रीका रूपमा उल्लेख गर्दै यसअघि न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आड्ेरन (३९), युक्रेनकी प्रधानमन्त्री ओलेक्सी होन्चरुक (३५), उत्तर कोरियाकी नेतृ किम जोन उन (३५) लगायतको सूची सार्वजनिक गरेको छ ।

गठबन्धन सरकारको तीनदिने हड्तालका बीच पदको जिम्मेवारी लिएकी उनले त्यसबीच रोकिएका फिनल्यान्डका प्रतिष्ठित कम्पनी तथा उद्योगलाई घाटा राजस्व संयुक्त रूपमा खर्चिने फिनिस उद्योग संघको निर्णयको आफूले उच्च मूल्यांकन गरेको बताएकी छिन् । यसअघि केन्द्रीय वामपन्थी गठबन्धनले ६ महिनाअघि मात्रै सत्ता हातमा लिएको थियो जसको नेतृत्वमा रिन्ने थिए ।

उनले सेन्टर पार्टीको मागलाई त्यागेको घोषणा गरेपछि कार्बन तटस्थतामा जोड दिएर आफ्नो राजनीतिक कार्यक्रम जारी राख्न सहमत भएका थिए । यसै सन्दर्भमा मरिनले भनेकी छिन्–‘हामीसँग संयुक्त सरकारको एक कार्यक्रम छ जसले गठबन्धनलाई एकसाथ समेट्छ ।’

नेतृत्व परिवर्तनको समय फिनल्यान्डका लागि त्यति सहज नभइसकेको विश्लेषकहरूको भनाइ छ । किनभने युरोपियन युनियनको रिले प्रसिडेन्ट अर्थात् घुमाउने अध्यक्ष पद वर्षको अन्त्यसम्म रहन्छ र यसले बल्कको नयाँ बजेटको हातेमालो गर्ने प्रयासमा केन्द्रीय भूमिका खेल्छ । नवनियुक्त प्रधानमन्त्रीको हैसियतमा उनले यसै वर्षको अन्त्यमा बेल्जियमको ब्रसेल्समा हुने युरोपियन युनियन नेताहरूको शिखर सम्मेलनमा फिनल्यान्डको प्रतिनिधित्व गर्नेछिन् । 

स्रोत–: द गार्जियन

 Image