Successfully Copied

च्यारिटीका लागि रिसाइकल फेसन शो

पुसको पहिलो साँझ काठमाडौंमा एउटा पृथक शैलीको फेसन शो आयोजना गरियो । नक्सालस्थित होटल म्यारिएटमा दि क्लोथ बैंकले आयोजना गरेको ‘अ वाक फर वार्मथ् फेसन शो’ को मुख्य उद्देश्य रिसाइकल पहिरनहरूको प्रदर्शनीका साथै पर्सा जिल्लाका दलित समुदायका लागि न्याना कपडाहरू च्यारिटी गर्नु थियो ।

पुसको पहिलो साँझ काठमाडौंमा एउटा पृथक शैलीको फेसन शो आयोजना गरियो । नक्सालस्थित होटल म्यारिएटमा दि क्लोथ बैंकले आयोजना गरेको ‘अ वाक फर वार्मथ् फेसन शो’ को मुख्य उद्देश्य रिसाइकल पहिरनहरूको प्रदर्शनीका साथै पर्सा जिल्लाका दलित समुदायका लागि न्याना कपडाहरू च्यारिटी गर्नु थियो ।

फेसन शोमा विभिन्न फेसन डिजाइनिङ कलेजका विद्यार्थीहरूले तयार पारेका रिसाइकल ड्रेसहरूलाई विभिन्न मोडलहरूले र्‍याम्पमा प्रस्तुत गरेका थिए । आस्था पोखरेल, भावना कलवानी, करिष्मा श्रेष्ठ, निलम चन्द, परमिता राणा, प्रेक्षा बज्राचार्य, रोशनी कार्की, सविता कार्की तथा शुभेच्छा खड्काले तीन भिन्न सिक्वेन्समार्फत रिसाइकल पहिरनहरू प्रस्तुत गरेका थिए । पार्टी नेपालका प्रवन्ध निर्देशक श्री गुरुङले फेसन शोको मुख्य उद्देश्य प्रयोग भइसकेका लुगाहरूलाई पुन: अर्को डिजाइनमा तयार पारी नयाँ लुक्सका साथ लगाउन सकिन्छ भन्ने प्रमाणित गर्नु रहेको बनाए । कोरियोग्राफर प्रशान्त ताम्राकारले अरू फेसन शोभन्दा पृथक हुनुका साथै यसले प्रयोग लुगालाई पुन: रिसाइकल गरी लगाउँदा पैसादेखि वातावरण प्रदूषणमा समेत सहयोग पुग्ने बताए । 

अहिले काठमाडौंका विभिन्न स्थानहरूमा क्लाथिङ बैंकहरू राखिएका छन् । जहाँ जसले पनि आफ्ना लुगाहरू च्यारिटीमा राख्न सक्छ र आवश्यक व्यक्तिहरूले छानीछानी लुगा लगाएर जान सक्छन् । हामीले गरेनौं भने कसले गर्छ भन्ने भावनाबाट प्रेरित भई आफू पनि यस च्यारिटी कार्यक्रममा सहभागी भएको बताउँदै मोडल तथा भिज शुभेच्छा खड्का भन्छिन्– ‘हामी एउटै लुगा धेरै पटक लगाउन खोज्दैनौं र फ्याल्छौं, तर यसरी रिसाइकल गरी रिफेसनका रूपमा पहिरन तयार पारेर लगाउन जानियो भने एउटा लुगा पनि धेरै किसिमबाट नयाँ तरिकाल लगाउन सकिने रहेछ । अपट्रेण्डलीका अप्रेसन म्यानेजर निरनित तण्डुकारका अनुसार फेसन शोबाट संकलित रकम र च्यारिटी गरेका कपडहरूले गरिब बस्तीमा न्याना कपडा, सिरक–डसनाहरू हप्ता दिनभित्रै बस्तीमा पुर्‍याउने सोच छ ।

 

 Image