लुम्ले सद्भावना दूत 

नारी संवाददाता

पुस २, २०७६

बेलायती चर्चित अभिनेतृ, लेखक तथा अभियन्ता जोआना लुम्ले नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त भएकी छन् । 

साताव्यापी बेलायत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले लुम्लेलाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गरेका हुन् । 

भट्टराईले बेलायतस्थित हाउस अफ लर्डस (बेलायतको माथिल्लो सदन) मा आयोजित एक समारोहका बीच उनलाई उक्त जिम्मेवारी दिएका हुन् । 

यस्तै भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दीपकुमार बर्मा र भारतीय मूलकै बेलायती ठूला व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई समेत नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>