Successfully Copied

पुस महिनाको राशिफल

पारिवारिक सुुख–समृद्धि बढ्नेछ । दाम्पत्य जीवन सोचेजस्तै सुखमय रहनेछ । साथीसंगीसित कतै घुुमघाम गर्ने अवसर जुर्नसक्छ । कसैकसैको कुनै काम विशेषले यात्रा हुनसक्छ । पेट दुुख्ने समस्या हुनसक्ने भएकाले ग्यास्ट्रिक, कब्जियत एवं पेटका बिरामीहरूले खानपानको राम्रो ख्याल गर्नुुहोला । कुनै कुराको लाभ हुनेछ

मेष    

महिनाको पहिलो र अन्तिम साता अनुुकूूल रहनेछ भने अरू समय ठीकै रहनेछ । काममा भनेजस्तो सफलता पाउन अलिक खट्नुुपर्नेछ । अनावश्यक खर्च हुुनसक्ने भएकाले किनमेल एवं लगानी गर्दा विचार पुर्‍याउनुुपर्ने देखिन्छ । अपजस पाइने सम्भावना भएकाले नवविवाहिताहरूले बोली र व्यवहारमा विशेष सतर्कता अपनाउनुुपर्ने बेला छ । मौसम परिवर्तनबाट हुने समस्याबाट बच्न स्वास्थ्य र खानपानमा विशेष जोड दिनुहोला । 

वृष

सोचेअनुरूप काममा सफलता मिल्दै जानेछ । विभिन्न कुराको किनमेल हुुनेछ । छोराछोरीबाट अपेक्षित सुख–सन्तोष मिल्नेछ । कुनै कुुराले मनमा खुसी तुल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुुनेछ । व्यक्तिगत खुसीका निमित्त कुुनै किनमेल हुनसक्छ । कहिलेकाहीँ काम गर्दागर्दै आकस्मिक तनाव आउनसक्छ । शान्त र धैर्यपूर्वक काम गर्नुहोला । 

मिथुन

पारिवारिक सुुख–समृद्धि बढ्नेछ । दाम्पत्य जीवन सोचेजस्तै सुुखमय रहनेछ । साथीसंगीसित कतै घुुमघाम गर्ने अवसर जुुर्नसक्छ । कसैकसैको कुुनै काम विशेषले यात्रा हुुनसक्छ । पेट दुुख्ने समस्या हुुनसक्ने भएकाले ग्यास्ट्रिक, कब्जियत एवं पेटका बिरामीहरूले खानपानको राम्रो ख्याल गर्नुुहोला । कुुनै कुुराको लाभ हुुनेछ । सन्तानबाट अपेक्षित सुख एवं सहयोग प्राप्त हुुनेछ । कहिलेकाहीँ काम गर्दा झिनामसिना समस्या आइहाले पनि तपाईंको कार्यदक्षताले सबै कार्य सहज हुुँदै जानेछन् । 

कर्कट        

दाम्पत्य जीवन सुखमय रहनेछ । गरेको कार्यमा अपेक्षित सफलता मिल्नेछ । मनमा भएको तनाव हट्न गई मन हलुुको र शरीर पूूmर्तिलो रहनेछ । आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने मौका मिल्नेछ । कुुनै कुुरामा विशेष सफलता मिल्नेछ । कुुनै नवीन कार्य गर्ने अवसर मिल्नसक्छ । आफ्नो वाक्पटुुताको राम्रो सदुुपयोग गर्नसके अपजसबाट बच्न सकिन्छ । तपाईंको कुरा काट्नेहरू तपाईंकै प्रसंशा गर्न थाल्नेछन् । 

सिंह

पारिवारिक वातावरण सुुखमय रहनेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग प्राप्त हुुनेछ । सबैले तपाईंको इच्छा र आवश्यकता बुझी कार्य गर्नेछन् । अनावश्यक कुराहरूबाट परै भागी सकारात्मक रही काम गरेमा सबै कार्य सफल हुुनेछन् । आफूलाई मन लागेको कुुरा खुलस्त रूपले भन्न सकेमा मनमा भएको बोझ हट्नेछ । व्यक्तिगत खुसीका लागि कुुनै कुुराको किनमेल हुुनेछ । जाडो महिना भएकाले स्वास्थ्य र खानपानमा विशेष विचार गर्नुपर्ने देखिन्छ ।  

कन्या

पारिवारिक वातावरण सुखमय रहनेछ । कसैलाई सन्तान लाभ हुनसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । छोराछोरीबाट सन्तोष मिल्नेछ । जोडीसित कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ । धैर्य एवं शान्त भएर अघि बढ्न सके सफलता प्राप्त हुुनेछ । मनको कुुरा खुुलस्त रूपले प्रकट गर्नसके मन हलुुँगो हुुनेछ । व्यक्तिगत खुसीका लागि कुनै कुराको किनमेल हुनसक्छ । साथीहरूसित जमघट हुने सम्भावना छ । 

तुला    

कुुनै बहुुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । कसैकसैको यो महिनामा घर, जग्गा वा अपार्टमेन्ट किन्ने सम्भावना छ । कुुनै कामविशेषले यात्रा हुुनसक्छ । आर्थिक पक्ष सुुदृढ रहनेछ । मनमा भएको तनाव हट्न जाँदा मन प्रसन्न रहनेछ । काम गर्ने जाँगर बढ्नेछ । साथीसंगीसित भेटघाट गर्ने अवसर जुुट्नेछ । मनमा कुुनै नयाँ काम गर्ने विचार आउनसक्छ । सोचेअनुुरूप सबै कार्यहरू सफल हुुँदै जानेछन् । 

वृश्चिक             

सहयोगी हातहरू पछि हट्न सक्छन् । कसैको भर नपरी सकेसम्म आफ्नो कार्य आफै गर्ने प्रयास गर्नुुहोला । कुुनै कामविशेषले सानोतिनो यात्रा हुुनसक्छ । पारिवारिक सुुख मिल्नेछ । साथै सबैले तपाईंको इच्छा बुुझी काम गर्ने प्रयास गर्नेछन् । कसैकसैलाई यो महिनामा कुुनै कुुराका लागि सम्मान मिल्नसक्छ । कतैबाट कुुनै कुुराको लाभ हुुनेछ । प्राय: सबै कार्य तपाईंले सोचेबमोजिम नै सम्पन्न हुुनेछन् । टाउको एवं आँखा दुुख्ने समस्या हुुनसक्ने भएकाले झिनामसिना काम गर्दा सजग रहनुुहोला । 

धनु        

पारिवारिक सुुख मिल्नेछ । दाम्पत्य जीवनमा एक–अर्काप्रतिको विश्वास एवं समझदारी कायमै रहनेछ । छोराछोरीको खुुसीका लागि केही खर्च हुुनसक्छ । विभिन्न कुुराको जिम्मेवारीले व्यस्त भइएला । अरूको भर पर्दा काम नहुुनसक्छ र मनमा विभिन्न तर्कना आउन सक्छन् । सकेसम्म आफ्नो कार्य आफै गर्नुहोला । सकारात्मक सोचका साथ काम गरेमा काममा सोचेजस्तै सफलता मिल्नेछ । पेट एवं मुुटुुका बिरामीहरूले स्वास्थ्य र खानपानमा जोड दिनुुहोला । 

मकर            

व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । कुुनै कुुराले रोकिएका कामहरूले गति लिन थाल्नेछन् । घरमा विभिन्न सामग्रीको किनमेल हुुनेछ । आफ्नो इच्छानुुसार समय यापन गर्ने अवसर मिल्नेछ । मनमा विभिन्न खालका विचार आउनसक्छन्, जसले गर्दा काममा मन नलाग्न सक्छ । जीवनसाथीले सुुझाएको राम्रो कुुरा पनि नराम्रो लाग्नसक्छ । सकारात्मक सोचका साथ अघि बढे हरेक समस्याबाट पार पाउन सकिनेछ । आफ्नो स्वास्थ्य र खानपिनको राम्रो ख्याल गर्नुुहोला । आत्तिएर कुनै पनि कार्य नगर्नुुहोला । 

कुम्भ        

सोचेअनुरूप काममा सफलता मिल्दै जानेछ । छोराछोरीबाट सुुख एवं सन्तोष मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । तपाईंको इच्छा एवं सुख–दु:खलाई बुुझेर काम गर्ने प्रयास गरिनेछ । कुनै नयाँ ठाउँमा घुमघाम गर्ने अवसर मिल्नसक्छ । धार्मिक कार्यप्रति आस्था बढ्नेछ । दाम्पत्य जीवनमा एक–अर्काप्रति राम्रो समझदारी कायम रहनेछ । माइती पक्षसित भेटघाट गर्ने मौका मिल्नेछ । मनमा भएको चिन्ता हट्नुका साथै काम गर्ने जाँगर बढ्नेछ । 

मीन

योजनानुरूप सबै काममा सफलता मिल्दै जानेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । माइतीमा रमाइलो समय बिताउने मौका मिल्नेछ । कुनै कुुराको लाभ हुुनेछ । व्यावसायिक क्षेत्रबाट राम्रो सफलता मिल्नेछ । घरमा कुुनै सामग्रीमा हेरफेर हुनसक्छ । रक्तचापमा घटबढ हुनसक्ने भएकाले खानपिनमा विशेष ध्यान दिनुहोला । साथीसंगीहरूसित रमाइलो जमघट हुनेछ । व्यक्तिगत कार्यका लागि केही खर्च हुनसक्छ । 

 

 Image