एकीकृत बस्तीको  अवधारणा

सिर्जना दुवाल श्रेष्ठ

पुस १, २०७६

भूकम्पले हाम्रो घर मात्र भत्काएन अहिलेको छरपस्ट बस्ती हेर्दा के लाग्छ भने त्यसले हाम्रो संस्कृति, परम्परा एवं मौलिक शैलीसमेत विनाश गर्‍यों । यो अवस्थामा भूकम्पले हामीलाई एउटा अवसर पनि प्रदान गर्‍यो ।

परिस्थिति र समयले मानिसलाई जस्तोसुकै मोडमा पनि उभ्याउँछ र काम एवं रुचिमा पनि टर्निङ प्वाइन्ट ल्याउने कुरा भवन इन्जिनियर अर्जुनप्रसाद न्यौपानेको जीवनमा लागू हुन्छ । इन्जिनियरिङ कन्सल्ट्यान्सीका कर्मचारी अर्जुन २०७२ सालको भूकम्पको विनाश लगत्तै राहतका लागि विद्यालय निर्माणका साथै तत्काल आवास बनाउने अवधारणासँग जोडिएर काम गर्ने क्रममा एकीकृत बस्ती विकासको खाका तयार गर्न लागिपरेका हुन् ।

न्यौपानेले धुर्मुस–सुन्तली फाउन्डेसनमा आबद्ध भएर एकीकृत बस्ती विशेषज्ञका रूपमा काम गरेका थिए । धुर्मुस–सुन्तली फाउन्डेसनका चार वटा एकीकृत बस्तीका साथै श्वेताश्री फाउन्डेसनको एकीकृत बस्तीमा समेत उनको अनुभव छ । 

अर्जुन काभ्रेको पहरी बस्तीमा एकीकृत बस्ती बनाउने योजनासँग जोडिएपछि नयाँ यात्रातर्फ लागे । उनी धुर्मुस–सुन्तलीको अवधारणाबाट प्रभावित थिए । भूकम्प प्रभावितहरूका लागि राहतमात्र बाँड्ने काम भैरहेको अवस्थामा धुमुर्स–सुन्तलीले ल्याएको एकीकृत बस्तीको अवधारणा नयाँ थियो । उक्त अवधारणा भूकम्प प्रभावितहरूको दीर्घकालीन बसोबास एवं व्यवस्थापनमा केन्द्रित थियो ।

अर्जुनले कलाकार दम्पतीको अवधारणामा श्रमसहित परियोजना व्यवस्थापकका रूपमा जिम्मेवारी लिए । त्यति मात्र होइन उनको एकीकृत बस्तीको अवधारणा तथा कामबाट प्रभावित भै जापानको ओक्लोहामा युनिभर्सिटी एवं टोकियोको चुकुबा युनिभर्सिटीले उनलाई जापान नै बोलाए जहाँ उनले पीएचडी गरिरहेका विद्यार्थीहरूसँग आफ्नो अनुभव साटे । न्यौपानेका अनुसार जापानमा पनि एकीकृत बस्तीहरू छन् तर त्यहाँका जनता त्यस्ता बस्तीमा त्यति खुसी भने छैनन् । त्यसैले एकीकृत बस्ती बसाउँदा मुख्यत: धर्म, संस्कृति, भौगोलिक बनावट एवं जातिअनुसार बस्ती बसाल्नुपर्ने न्यौपानेको धारणा छ । 

के हो एकीकृत बस्ती ?

निश्चित क्षेत्र, समुदाय एवं विशेष किसिमको वातावरणको एउटा परिधिभित्र छरिएर रहेका घर तथा बस्तीको निर्माण नै एकीकृत बस्ती हो । यस्ता बस्तीमा बाढी, पहिरो, भूकम्प, आगलागीजस्ता विपत्तिसम्बन्धी सुरक्षाका उपायसमेत अपनाइएको हुन्छ । 

हुन त लिच्छवी कालदेखि नै नेपालमा एकीकृत बस्ती निर्माण हुन थालेका प्रशस्त उदाहरण छन् । तत्कालीन नेवार, थारू, घले तथा राई बस्तीहरू एकीकृत अवधारणामा तयार भएका थिए । त्यतिबेला एक त जातीय हिसाबले समूहमा सुरक्षित रहने हिसाबले पनि घर निर्माण गरिरहन्थे । त्यसमा पनि उपत्यकाका नेवार बस्तीलाई विश्वकै उत्कृष्ट एकीकृत बस्तीका रूपमा लिन सकिन्छ । समयअनुसार त्यस्ता बस्तीहरूमा पनि नयाँपनको खोजी हुन्छ । पारिवारिक अंशबन्डा, बसाइ–सराइ, ढल, सूचना–प्रविधि, व्यक्तिगत फाइदाजस्ता थुप्रै कारणका साथ पुराना एकीकृत बस्ती साँघुरा र अविकसित साबित हुन थालेपछि एकीकृत बस्तीको अवधारणा बिस्तारै हराउँदै गएको हो ।

भूकम्पले हाम्रो घर मात्र भत्काएन अहिलेको छरपस्ट बस्ती हेर्दा के लाग्छ भने त्यसले हाम्रो संस्कृति, परम्परा एवं मौलिक शैलीसमेत विनाश गर्‍यों । यो अवस्थामा भूकम्पले हामीलाई एउटा अवसर पनि प्रदान गर्‍यो । हामी त्यसलाई सदुपयोग गर्ने कुरामा चुक्यौं र अहिले पनि विभिन्न वातावरणीय प्रकोप भोगिरहेका छौं । यसरी छरिएको बस्तीमा राज्यले नागरिकका न्यूनतम आवश्यकता (जस्तै स्वास्थ्य–शिक्षा आदि) पुर्‍याउन सक्ने अवस्था छैन । यदि एकीकृत बस्ती भैदिएको भए राज्यको  लगानीको सदुपयोग हुन्थ्यो । नेपालका धेरै भूभाग दैवीप्रकोपको खतरामा छन् । हिमाली भागमा कमसल खालको धरातल, हिम–पहिरो, सुख्खा पहिरो तथा पहाडी क्षेत्रमा बाढी, पहिरो, जंगल

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>