Successfully Copied

सुविधासम्पन्न ब्लेसिङ ब्युटिपार्लर

व्युटिसियन मिना पौडेलले आफ्नै नयाँ व्युटिपार्लर सुरु गरेकी छिन् । उनी लामो समयदेखि कस्मेटिक व्यबसँयमा सक्रिय थिईन् । ललितपुरको जाउलाखेल स्थित कुसुन्तीमा उनले शुक्रबारबाट आफ्नो नयाँ व्युटीपार्लर ‘ब्लेसिङ ब्युटिपार्लर’ सुरु गरेकी हुन् ।

व्युटिसियन मिना पौडेलले आफ्नै नयाँ व्युटिपार्लर सुरु गरेकी छिन् । उनी लामो समयदेखि कस्मेटिक व्यबसँयमा सक्रिय थिईन् । ललितपुरको जाउलाखेल स्थित कुसुन्तीमा उनले शुक्रबारबाट आफ्नो नयाँ व्युटीपार्लर ‘ब्लेसिङ ब्युटिपार्लर’ सुरु गरेकी हुन् । रोज व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर रबिभवनकी अध्यक्ष तथा बरिष्ट व्युटिसियन सोनी कारंजितले रिवन काटेर ब्लेसिङ व्युटिपार्लरको उद्घाटन गरिन् ।

सो कार्यक्रमकी प्रमुख अतिथि एवम् बरिष्ट व्युटिसियन सोनी कारंजितले आफ्ना विधार्थीहरुले यसरी व्युटिपार्लर खोलेर आत्मनिर्भर हुँदा आफुलाई निकै खुसी लागेको बताईन् । मिना दक्ष व्युटिसियन भएको र उनले व्युटिसियन सम्बन्धिसम्पूर्ण प्रशिक्षण पुरा गरेर आफ्नै पार्लर खोलेको भन्दै उनको सफलताको शुभकामना व्यक्त गरिन् । बरिष्ट व्युटिसियन कारंजितले कुुसुन्ती क्षेत्रमा मिनाले राम्रो सेवा दिने विश्वास ब्यक्त गरिन् । 

व्युटिसियन मिनाले आधा दशकदेखि व्युटिपार्लर व्यबसायमा सक्रिय भए पनि रोज व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरमा एक वर्षको थप डिप्लोमा कोर्ष पुरा गरेर आफुले यो व्युटिपार्लर सुरु गरेको कार्यक्रममा बताईन् । कुसुन्ती क्षेत्रमा सुविधायुक्त व्युटिपार्लर नभएको र यस क्षेत्रका सौन्दर्यप्रेमीहरुको चाहना अनुसार आफुले सुविधासम्पन्न यो व्युटिपार्लर सञ्चालनमा ल्याएको पनि मिनाले जानकारी गराईन् । 

 Image