Successfully Copied

भिडियो च्यालेन्ज–२०२० को घोषणा

वी विल राइज फाउन्डेसनले दोस्रो संस्करणको राष्ट्रव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्ज–२०२०’ को घोषणा गरेको छ । देशभरि ओझेलमा रहेका पर्यटकीय स्थलहरू उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको फाउन्डेसनका निर्देशक निर्मल श्रेष्ठले बताएका छन् ।

वी विल राइज फाउन्डेसनले दोस्रो संस्करणको राष्ट्रव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्ज–२०२०’ को घोषणा गरेको छ । देशभरि ओझेलमा रहेका पर्यटकीय स्थलहरू उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको फाउन्डेसनका निर्देशक निर्मल श्रेष्ठले बताएका छन् । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, वेशभूषा, जातजातिको पहिचान, खानपान, कला–संस्कृतिलगायतका विषयवस्तुमा केन्द्रित रही वी विल राइज फाउन्डेसनद्वारा यो प्रतियोगिताको घोषणा गरिएको हो । 

यसपटकको यो प्रतियोगिता ठीक १ सय दिन चल्नेछ । सहभागी हुन चाहने प्रतियोगीले डिसेम्बर १ देखि मार्च ९ सम्म आफ्ना भिडियोहरू पठाइसक्नुपर्ने बताइएको छ । सहभागी वृत्तचित्रको गुणस्तर न्यूनतम फूल एचडी तथा समय अधिकतम ५ मिनेटको हुनुपर्ने बताइएको छ । प्रतियोगीहरूले फाउन्डेसनको वेबसाइटमा रेजिस्ट्रेसन फर्म भरी गुगल ड्राइभबाट भिडियो पठाउन सक्नेछन् । निर्णायक मण्डलले आएका भिडियोमध्येबाट १० विधागत एवार्डका लागि ७० वटा भिडियो मनोनयन गर्नेछन् । छनोटमा परेका १० उत्कृष्ट भिडियोलाई आगामी अप्रिलमा बृहत्् कार्यक्रम गरी पुरस्कार वितरण गरिनेछ ।

यसपटकको सर्वोत्कृष्ट भिडियोले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने पब्लिक च्वाइस एवार्ड विजेताले नगद ३ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताका विजेताहरूलाई बेस्ट डिरेक्टर, वुमन भिडियो मेकर अफ द इयर, फ्युचर स्टार अफ द इयर, मस्ट पोटेन्सियल डेस्टिनेसन, मस्ट एनरजेटिक भिडियो मेकर, बेस्ट स्क्रिप्ट भ्वाइस ओभर, बेस्ट सिनेमाटोग्राफर तथा बेस्ट एडिटर विधामा पुरस्कृत गरिनेछ ।

यसअघि पहिलो प्रतियोगिता गत जनवरी १ देखि मे ३१ सम्म चलेको थियो । उक्त भिडियो च्यालेन्जमा सातै प्रदेशबाट विभिन्न विधामा १ सय ३२ वटा भिडियो सहभागी भएका थिए, जसमा विभिन्न ८ विधाका विजेताहरूलाई एक कार्यक्रमको आयोजना गरेर पुरस्कृत गरिएको थियो ।

 Image