Successfully Copied

नेपालमा पोषणको स्थिति

विश्वमा पाँच वर्षमुनिका प्रत्येक तीनजना बालबालिकामध्ये एकजना पुड्कोपन, ख्याउटे, मोटोपनजस्ता कुपोषणले ग्रसित छन् । एक स्वास्थ्य सर्वेक्षणअनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशत पुड्कोपनबाट ग्रस्त छन् ।

विश्वमा पाँच वर्षमुनिका प्रत्येक तीनजना बालबालिकामध्ये एकजना पुड्कोपन, ख्याउटे, मोटोपनजस्ता कुपोषणले ग्रसित छन् । एक स्वास्थ्य सर्वेक्षणअनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशत पुड्कोपनबाट ग्रस्त छन् । सन् २००१ मा पुड्कोपन ५५ प्रतिशत थियो । यसैगरी यही उमेर समूहका बालबालिकामध्ये २७ प्रतिशत कम तौलका तथा १० प्रतिशत ख्याउटे छन् । 

यसैगरी पाँच वर्षमुनिका बालबालिकामा अधिक तौल र मोटोपन १ दशमलव २ प्रतिशत एवं प्रजनन उमेरका महिला अधिक तौल र मोटोपन २२ प्रतिशत तथा सोही उमेरका महिलाको दुब्लोपन १७ प्रतिशत छ । यसैगरी नेपाल राष्ट्रिय सूक्ष्म पोषक तत्व सर्वेक्षण–२०१६ अनुसार नेपालका ३२ प्रतिशत किशोर–किशोरीमा भोकमरीको जोखिमका कारण पुड्कोपन देखिएको छ । 

अर्कातर्फ गरिबी तथा कुपोषणका कारण बालबालिकाहरू विद्यालय जानबाट वञ्चित छन् । धनी वर्गका बालबालिकामा पुड्कोपन १६ दशमलव ५ प्रतिशत तथा गरिब वर्गका बालबालिकामा झन्डै ५० प्रतिशत छ । सन् २०३० सम्ममा पुड्कोपनलाई १५ प्रतिशतमा झार्ने सरकारको लक्ष्य छ । 

 

 Image