Successfully Copied

माया मलावीको 

 कोबको निरन्तरको प्रयास एवं संघर्षपछि साथीभाइ तथा परिवारले उनलाई थोरै भए पनि विश्वास गर्न थाले । क्रमश: समुदायले उनलाई पत्याउन थाल्यो अनि त उनी आफ्नो उद्देश्य पूरा गर्न मात्र होइन त्यसलाई फैलाउनसमेत सफल भइन् । समुदाय मात्र नभएर सिंगो मलावी र संसारलाई नै उनको आवश्यकता

जिए २०१८–युथ लिडरसीप अवार्डद्वारा सम्मानित सिड्नी कोब किशोरावस्था पार गरिरहेकी कलेज अध्ययनरत युवती हुन् । ५ वर्षको उमेरदेखि गल्र्स स्काउटमा सक्रिय कोब कलिलै उमेरमा सफल हुनुमा यसैलाई श्रेय दिन्छिन् । कोबकै भनाइमा उनले ‘हेक्टिक जुनियर इयर’ भर्खरै पार गरेकी हुन् अर्थात् किशोरावस्थामै अत्यन्त व्यस्त दिन, समय, महिना र वर्षहरू । विश्वभर ६२ मिलियन किशोरी तथा युवतीहरू विद्यालय जानबाट वञ्चित रहेको सूचनायुक्त ज्ञानको खाता खोल्दै कोब भन्छिन्–‘संसारभरका ५० भन्दा बढी प्रतिशत महिला जो १५ वर्षमाथिका छन्, लेख्न–पढ्न सक्दैनन् । २० वर्षको मेरो ज्ञान र अनुभवले भन्छ यो त एउटा सानो उदाहरण मात्र हो । यसका अतिरिक्त यो ब्रह्माण्डमा असंख्य महिला तथा बालिका छन् जो धेरै कुराको पहुँचबाट वञ्चित छन् ।’ 

समुदायमा नि:स्वार्थ सेवा र योगदान गरेवापत गल्र्स स्काउट वल्र्डबाट गोल्ड अवार्डले सम्मानित कोबले माथिका चुनौतीलाई मनन गर्दै अभावग्रस्त अनि अविकसित मलावीमा किशोरी, युवती, महिला शिक्षा तथा स्वास्थ्यमा स्वयंसेवा अभियान सुरु गरिन् । मलावीको अति विकट कासुङ्गु क्षेत्रका ६ सय किशोरी तथा युवतीका लागि करिब ६ हजार १ सय ५५ अमेरिकी डलर आर्थिक सहयोग जुटाउँदै उनी ७ सयभन्दा बढी किशोरीका लागि स्यानिटरी प्याड उपलब्ध गराउन सफल भइन् । त्यसबाहेक उनले स्वयंसेवा गरेरै त्यहाँ भएका विभिन्न विद्यालयमा शैक्षिक सामग्री एवं खेल सामग्रीसमेत वितरण गर्न भ्याइन् । कोबको काम, सिर्जनशील क्षमता तथा जुझारूपन देखेर केयर नेपालले उनको अभियानमा सहयोगको हात बढायो । 

विकासका हिसाबले अति पछाडि परेको भूपरिवेष्टित अफ्रिकन मुलुक मलावीमा उनको अभियान चुनौतीपूर्ण थियो । ‘मलावीजस्तो शिक्षा, चेतना र विकासका हिसाबले निकै पछाडि परेको मुलुकमा स्यानिटरी प्याडका लागि पैसा दिनुहोस् भनेर सहयोग (फन्ड रेजिङ) जुटाउनु निकै कठिन र लाजमर्नु विषय थियो ।’ कोब भन्छिन्–‘जब मैले मेरो अभियानका बारेमा विभिन्न सभा, सम्मेलन र समूहमा कुरा राख्थें तब सबैले यस्ती महिला लक्षित सामग्रीका लागि सहयोग गर्ने कुरा नसोचेको बताउँथे । जुन कुराले मलाई मेरो विगतको लाज र अप्ठ्यारो अवस्थामा फर्काउँथ्यो र पनि मैले हरेस खाइन ।’

 कोबको निरन्तरको प्रयास एवं संघर्षपछि साथीभाइ तथा परिवारले उनलाई थोरै भए पनि विश्वास गर्न थाले । क्रमश: समुदायले उनलाई पत्याउन थाल्यो अनि त उनी आफ्नो उद्देश्य पूरा गर्न मात्र होइन त्यसलाई फैलाउनसमेत सफल भइन् । समुदाय मात्र नभएर सिंगो मलावी र संसारलाई नै उनको आवश्यकता छ भन्ने प्रस्ताव बोकेर संसारका ठूला संघसंस्था उनको पछि लाग्न थाले । कोबको अतुलनीय सिर्जनशील क्षमतालाई कार्यान्वयन गर्न केयरले ६ हजार अमेरिकी डलरसहितको पुरस्कार प्रदान गर्‍यो । उक्त रकममा अरु सहयोग जुटाएर उनले पुन: स्यानिटरी प्याड तथा शैक्षिक सामग्रीमा खर्चिदै अति गरिब मुलुकका स्कुले किशोरीहरूका लागि रातदिन काम गरिरहेकी छिन् । मलावीको कसुङ्गु प्रान्त अत्यन्त पिछडिएको क्षेत्र हो जहाँ छोरीलाई स्कुल पठाउन अभिभावकहरूलाई हम्मे–हम्मे पर्छ । 

कोबको अभियानले यो क्षेत्रका ६० प्रतिशतभन्दा बढी किशोरी विद्यालय जान थालेका छन् । कोब भन्छिन्–‘यही नै मेरो सपना र सफलता हो ।’ निरन्तर १२ वर्ष गल्र्स स्काउटिङमा बिताएको र त्यसभित्रका कडा परिश्रमयुक्त क्रियाकलापले आफूलाई भित्रैदेखि बलियो बनाएको उनी बताउँछिन् । कोबको भनाइ छ–‘केटीहरूले जे पनि गर्न सक्छन् ।’ यसलाई आफ्नो जीवनको नीति बनाएकी कोब यही कारणले टिनएजमै आफूले यति गर्न सकेको बताउँछिन् । उनी भन्छिन्–एउटी केटीमाथिको लगानी यो सारा विश्वमाथिको लगानी हो । उनी प्रकृतिलाई निरन्तरता दिने आमा हुन् । एउटी केटीलाई शिक्षित बनाउनु भनेको सारा संसारको आँखा खोल्नु हो । शिक्षा नै त्यो मूलद्वार हो जसले अगाडिका हजारौं ढोका खोल्न सहयोग पुर्‍याउँछ अनि त्यसैले यो ब्रह्माण्डलाई समान र न्यायपूर्ण बनाउँछ ।’ 

 Image